बालसाहित्यकार श्याम कृृष्ण खुलीमुलीलाई तीन प्रश्न

shyam-krishna-khulumuli

श्यामकृष्ण खुलीमुलीको छोटो परिचय


जन्ममिति : वि स २०३७ जेठ २५ । जन्मस्थान : सूर्यविनायक न पा –७, किवाचोक, भक्तपुर । बाल्यकाल : बाल्यकाल जन्मस्थानमै बित्यो । निम्न मध्यम वर्गीय परिवारमा जन्मेकाले अभावमै बित्यो । स्कुल पढ्दै, फेर्दै र गाउँमै खेलेर बित्यो ।
बालसाहित्यमा बि.सं. २०६६ सालदेखि सक्रिय । पहिलो प्रकाशित बालसाहित्य : परिवर्तन (बालकथा)– हाम्रो बालबर्गैचा, २०६६ ।
प्रकाशित बालसाहित्य कृतिहरु : पुन्टे घुम्न जाँदा (चित्रकथा, २०७०), खरायोको घर (चित्रकथा,२०७३), आँखा छोपी (चित्रकथा,२०७३), जुनकिरी, कोपिला, अङ्कुर, मुना मा बालकथाहरु प्रकाशित, अनुवादः विश्व प्रसिद्ध परीकथाहरु (कथा,२०६७) ।


प्रश्न १. बालसाहित्य किन लेख्नुहुन्छ ?


बालबालिका भविष्यका तारा हुन् । जबसम्म उनीहरुलाई सही मार्गदर्शन हुँदैन तबसम्म उनीहरुले सही मार्ग पछ्याउने छैनन् । त्यसैले उनीहरुलाई सही मार्ग देखाउन, कल्पनाशील र सिर्जनशील बनाउन बालसाहित्य लेख्छु । उनीहरुभित्रको प्रतिभालाई मलजल दिन र उन्नत बीउ साहित्य छर्न बाल साहित्य लेख्छु ।


प्रश्न २. साहित्य सबै बालबालिकाको पहुँचमा पु¥याउँन लेखकहरुले कस्तो भूमिका खेल्नुपर्छ ?


बालबालिका माझ पुग्नुपर्छ । उनीहरुका भावना बुझेर संवाद र अन्तरक्रिया गर्नुपर्छ । उनीहरुलाई उपदेश दिने होइन मनोरञ्जन दिनुपर्छ, ताकि मनोरञ्जनबाटै शिक्षाप्राप्त गरुन् । आजकालका बालबालिका अर्ति, उपदेशलाई बोझको रुपमा लिन्छन् । कसरी हुन्छ उनीहरुलाई कल्पनाशील बनाउनुपर्छ ताकि आफैले खोजी खोजी किताब पढून् । सरकार, स्थानीय तहले प्रत्येक गाउँ, वडा, नगर, स्कुलमा पठन सीपको अभियान चलाउनुपर्छ । लेखक, प्रकाशक र वितरकले त्यसमा सहकार्य गर्नुपर्छ ।


प्रश्न ३. तपाईंको पछिल्लो पटक प्रकाशित बालपुस्तकको बारेमा केही जानकारी दिनुहोस् ।


मेरो पछिल्लो प्रकाशित बालसाहित्य खरायोको घर र आँखा छोपी नामक चित्रकथा हुन् । भर्खरै पठन सीपको बिकास गरेका बालबालिकाले चित्रको माध्यमबाट नयाँ कुरा सिक्न चाहने हुनाले त्यसलाई ध्यानमा राखेर यी पुस्तक लेखेको हुँ । पुस्तक पढेर उनीहरुले उपदेश होइन कि मनोरञ्जन प्राप्त गर्ने छन् र रमाइलो गरेरै ज्ञान हासिल गर्नेछन् ।


प्रस्तुति : रश्मी खागी

Opinion: 
Language: