आदरणीय बालसाहित्य लेखक मनोरमा जफा

Manorama-Jafa-ketaketionline-mag

मनोरमा जफा भारतीय बालसाहित्यकार हुनुहुन्छ उहाँले १०० भन्दा बढी पुस्तक ६०० अन्य प्रकाशनहरू जस्तै कथा, लेख शोधपत्रहरू लेख्नुभएको उहाँले साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि भारत सरकारले उहाँलाई सन् २०१४ मा पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो

मनोरमा जफा सन् १९३२ मा जन्मनुभएको हो उहाँले इलाहवाद विश्वविद्यालयबाट भूगोलशास्त्रमा स्नातकोत्तर गर्नुभएको वीरेन्दर सिंह जफाका साथमा विवाह बन्धनमा बाँधिएपछि उहाँले लेखन यात्रा सुरु गर्नुभएको हो सन् १९६० को अन्त्यतिर श्रीमान् पटनामा खटाइएपछि उहाँले सुरुवातमा स्थानिय पत्रपत्रिकामा स्तम्भ लेखी लेखन यात्रा शुरु गर्नुभयो, जुन चाँडै नै कथा लेखनमा परिणत भयो

          जब उहाँको श्रीमान् युनाइटेड नेशनमा जागिरको सिलसिलामा अमेरिका जानुभयो उहाँ पनि श्रीमान्सँगै अमेरिका पुग्नुभयो त्यहाँ उहाँले म्यासेचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा कथा लेखनबारे अध्ययन गर्नुभयो यसले उहाँलाई व्यावसायिक लेखक बन्न मद्दत ¥यो जसले गर्दा १०० भन्दा बढी पुस्तकहरू तथा सयौँ कथाहरू लेख्न सफल  हुनुभयो

          मनोरमाका दुई सन्तान हुनुहुन्छ, जेठो छोरा कान्छी छोरी उहाँकी छोरी नवीना जफालाई स्थानियहरू कथक नृत्याङ्गनाका रुपमा  चिन्छन्

          मनोरमा जफा सिर्जनशील लेखक हुनुहुन्छ उहाँ हिन्दी अंग्रेजी दुवै भाषामा लेख्नुहुन्छ उहाँका कथाहरू जापानी, डच, इटालियन स्पेनिस आदि धेरै भाषामा अनुवादित भएका छन् उहाँको पहिलो कथा पुलमाथिको गधा बाट नै उहाँ सरल भाषामा लेख्नुहुन्थ्यो जुन धेरैजसो अक्षर चित्र शैलीमा हुन्थे जफा ठूलाका लागि पनि लेख्नुहुन्छ, जस्तो उहाँको देविका जुन राजनीतितर्फ बढी केन्द्रित कृति हो

          उहाँले लेखेका अन्य पुस्तकहरूको तुलनामा उहाँको बालसाहित्य लेखनको योगदान कदरयोग्य रहेको उहाँले निश्चित वर्गमा लक्षित गरेर पनि कृतिहरू रचना गर्नुभएको गब्बर बब्बर तथा सोना हुँ उहाँको यस्तै किसिमका कृति हुन् यी कृति अपाङ्ग बालबालिकालाई प्रेरणा दिन लेखिएका हुन् उहाँले डराउने, तर्सिने बालबालिकाका लागि विशेष कार्यक्रम किताबी उपचार चलाउनुभएको उहाँले अफगानिस्तान जस्तो द्वन्द्वपीडित देशका बालबालिका तथा भारतमै सुनामीबाट पीडित बालबालिकाहरूलाई किताबहरू वितरण गर्नुभएको उहाँले २६÷११ को मुम्बई हमलापछि एउटा बच्चा मन बहलाउन बल समात्दै रोइरहेको देखेर यस्तो सोच पलाएको हो भन्नुभएको

          वरिष्ठ लेखक अनुसन्धाता जफाले बालसाहित्य बालसाहित्य लेखनका पुस्तकमाथि धेरै समीक्षा, टिप्पणी शोध पत्रहरू तयार गर्नुभएको उहाँले बालबालिकाका लागि असल किताब भन्ने अभियानको सुरुवात गर्नुभएको उहाँले सिङ्गापुर, थाइल्यान्ड, बङ्गलादेश, श्रीलंका नेपालमा नयाँ लेखकहरूलाई बालसाहित्य लेखनमा अगाडि बढाउन निरन्तर कार्यशालाहरू सञ्चालन गर्दै आइरहनुभएको जसले गर्दा हाल बालसाहित्यमा निकै ठूलो फड्को मार्न सकिएको उहाँको भनाइ गृहपुस्तकालय अभियान थालनीको श्रेय पनि उहाँलाई जान्छ यस वर्ष मार्च देखि सम्म (फागुन १९ देखि २४ सम्म) उहाँको नेपाल भ्रमणको कार्यक्रम रहेको आदरणीय लेखक विनय कसजू अध्यक्ष रहनुभएको संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रको निमन्त्रणामा उहाँ नेपालमा बालसाहित्य लेखन तालिमका लागि आउन लाग्नुभएको हो उक्त अवसरमा बालसाहित्य प्रतिष्ठान नेपाल क्रियटिभ लिटरेरी फोरम, अंग्रेजी विभागका विद्यार्थीहरुको संगठनको संयुक्त आयोजनामा हुने कार्यक्रमअ्नतर्गत्  त्रिविवि अंग्रेजी विभाग कीर्तिपुरमा फागुन २३ गते बजे उहाँले बालसाहित्य विषयमा प्रवचन दिनुहुने कार्यक्रम रहेको साथै सोही दिन पुरस्कार वितरण पुस्तक विमोचनको कार्यक्रम पनि रहेको मनोरमा जफा लिखित वटा कृतिहरुको नेपाली संस्करण बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गर्न लागेको जुन २०७४ चैत महिनामा प्रकाशित हुने प्रतिष्ठानले जनाएको

          जफा साना मानिसका लागि किताबको अन्तर्राष्ट्रिय बोर्ड आईबीबीवाईको भारतीय राष्ट्रिय शाखाको वरिष्ठ सचिव पनि हुनुहुन्छ उहाँले आईबीबीवाईको २६ औँ कंग्रेसको अध्यक्षता गर्नुभएको थियो जुन सन् १९८९ मा भएको थियो उहाँ युनेस्कोको एसियाली सांस्कृतिक केन्द्रमा बालसाहित्यिक किताब विशेषज्ञका रूपमा पनि आबद्ध भइसक्नुभएको उहाँले आईआईवाईअसही अध्ययन विस्तार पुरस्कार (२०००२००१) को निर्णायक मण्डलमा अध्यक्षता गर्नुभएको थियो साथै उहाँ सहनशीलतासम्बन्धी किताबका लागि युनेस्को पुरस्कार (१९९९२०००) मा पनि सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो

          आदरणीय बालसाहित्य लेखक मनोरमा जफाले सुपरिचित कार्टुनिस्ट शंकरका साथमा बालबालिकाका लागि लेखक तथा चित्रकार संघ (एडब्ल्यूआइसी) स्थापना गर्नुभएको हाल उहाँ त्यस संस्थाको वरिष्ठ सचिव पदमा कार्यरत हुनुहुन्छ त्यस संस्थाले प्रकाशन गर्ने बालसाहित्यको एक मात्र पेशागत चौमासिक जर्नलको उहाँ प्रधान सम्पादक हुनुहुन्छ उहाँ राष्ट्रिय पुस्तक गुठी, नयाँ दिल्लीमा सम्पादकीय परामर्शदाताको रुपमा पनि आबद्ध रहनुभएको

 पुरस्कार तथा सम्मान

 मनोरमा जफालाई विभिन्न संस्थाहरूले सम्मान गरेका छन् आइबीसीले, सन् १९९९ मा उहाँलाई २० औं शताब्दीको २००० अध्ययनशील व्यक्तिहरूको सूचीमा अग्रपंक्तिमा राखेको नामी टापु अन्तर्राष्ट्रिय बालपुस्तक महोत्सवले उहाँलाई भारतीय बालसाहित्यको खजाना भनी सन् २००० मा इङ्गित गरेको थियो । भारत सरकारले उहाँलाई सन् २०१४ मा बालसाहित्यको विकासमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो

Directory: 
Language: