दुई बालगजल by ऋचा लुइँटेल

richa-luintel-nepalganj

  

सानीसानी नानी हु प्यारीप्यारी बुनु

 हास्दै खेल्दै रमाउदै गर्छु छुनुमुनु

 

घरमा सधैं ज्ञानी भन्छन सबैले मलाई

 भोक लाग्यो भने मात्रै रुन्छु धुरुधुरु

मोटु पत्लु हेर्दिन झै झगडा गर्दिन

पढ्न लेख्न स्कुल जान्छु सधैं खुरुखुरु

 

 बैनीलाई माया गर्छु दादालाई मान

मामुलाई काम सघाउछु गर्दै चुरुफुरु

 मेहनती हुनुहुन्छ मेरो बाबा मामु

ठूलो हैन असल बन्नु भन्नुहुन्छ गुरु

 

झुटो बोल्न जान्दिन चोरी गर्न जान्दिन

चरी बनी उड्न मन मलाई नि भुरुरु

 

 

 तिमी मेरो बाल गोपाल भन्नुहुन्छ आमाले

 तिमी मेरो मान सम्मान भन्नुहुन्छ बाबाले

 

 मेरो सानो ज्ञानी साथी प्यारो भाई

तिमी हौ तिमी छौ दङ छु भन्नुहुन्छ दादाले

रोग,भोक शोक सुर्ता केही छैन भन्नलाई

असल मान्छे बन्नुपर्छ भन्नुहुन्छ मामाले

 

गुरुमा गुरु बा झै ज्ञानी बने चेलाले

पाठशाला स्वर्ग बन्छ भन्नुहुन्छ काकाले

ज्ञानले ठुलो बन्ने छु कर्मयोगी बन्नेछु

मान्यजनको प्रेरणा आफन्तको मायाले

                            नेपालगन्ज, बाँके

Literature: