विनय कसजूलाई महाकवि देवकोटा बालसाहित्य पुरस्कार

vinaya-kasaju-2018

बालसाहित्य लेखक श्री विनय कसजूलाई वि.सं. २०७४ सालको महाकवि देवकोटा बालसाहित्य पुरस्कार प्रदान गरिने घोषणा भएको छ । यो नेपाल सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हो । यो एक लाख राशिको पुरस्कार हो ।
बाल साहित्य/लोक साहित्य विषयक्षेत्र अन्तर्गत बालबालिकाहरुका निम्ति उपयोगी कविता, नाटक, आख्यान, निबन्ध, जीवनी, आत्मकथा, नियात्रा र संस्मरण लेखनका साथै तिनका बारेमा गरिएका अध्ययन अनुसन्धान र त्यसै गरी यस विषय क्षेत्र अन्तर्गत लोकसाहित्यिक सामग्रीको संकलन, सम्पादन, गायन, वाचनका साथै तिनको अनुसन्धान गर्ने सर्जकलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । 

वि.सं. २०६८ देखि २०७४ सम्म बालसाहित्य/लोकसाहित्य विषय क्षेत्रतर्फ पुरस्कृत सर्जकहरु

१. श्री धर्मराज थापा (२०६८)
२. श्री शान्तदास मानन्धर (२०६९)
३. प्रा.डा. चूडामणि बन्धु (२०७०)
४. श्री देवीप्रसाद वनवासी (२०७१)
५. श्री डा. तीर्थराज सुवेदी हंसपुरे सुवेदी (२०७२)
६. श्री वासुदेव मुनाल (२०७३)
७. श्री विनय कसजू (२०७४)
 

Segment: 
Language: