बुद्वि–रेशम स्मृति स्रष्टा सम्मान समारोह सम्पन्न

jalarika-news 2075

काठमाडौं/ जेठ २८, २०७५–  कविवर द्वारिका श्रेष्ठद्वारा आफ्ना मातापिताको नाममा स्थापित   ‘बुद्वि–रेशम स्मृति स्रष्टा सम्मान’ वि.सं. २०७५ का लागि तीन विधाका  वरिष्ठ साहित्यकारहरु कृष्णभक्त श्रेष्ठ (काव्य), अनिता तुलाधर (आख्यान) र  अशेष मल्ल (नाट्य) लाई जनही रु एक लाख राशिसहित शताब्दी पुरुष सत्यमोहन  जोशीले समर्पण  गर्नुभयो । 
 जलरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको  उक्त कार्यक्रममा सम्मानित स्रष्टाबारे समीक्षक महेश पौड्यालले प्रकाश  पार्नु भएको थियो । समारोहमा प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठ लिखित  कथा संग्रह ‘फूल फुलाउने गमला’ को पनि विमोचन गरिएको थियो । यस संग्रहमा  सत्र कथा संग्रहीत छन् । संग्रहको सम्पादन रोशन थापा नीरवले गर्नु भएको हो ।
  समारोहमा जलरिका प्रतिष्ठानका सदस्यहरु निभा, नित्या र निष्ठा श्रेष्ठले  मन्चमा आसिन व्यक्तित्वहरुलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

Segment: 
Language: