एपेक्स लाइफमा बालभित्तेपत्रिका प्रकाशन र सम्पादनसम्बन्धी एकदिने तालिम सम्पन्न

apex-life-school-2018

काठमाडौं, जेठ २९ गते/ एपेक्स लाइफ स्कूल, सरस्वतीनगर, चावहिल, काठमाडौंमा बालभित्तेपत्रिका प्रकाशन र सम्पादनसम्बन्धी एकदिने तालिम सम्पन्न भयो । उक्त तालिममा  कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार श्रीश भण्डारी र केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले सहजिकरण गर्नुभएको थियो । भित्तेपत्रिका प्रकाशनका लागि विद्याालयबाट छनोट हुनुभएका विद्यार्थी र भाषा शिक्षकहरु तालिममा सहभागी हुनुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै एपेक्स लाइफ स्कूलका प्रिन्सिपल सुवास न्यौपानेले बालबालिकाहरुको भाषा सिपको विकास र पत्रकारिता सम्बन्धी ज्ञानका लागि यस्ता तालिमको महत्व हुने विचार व्यक्त गर्नुभएको थियो । तालिममा वरिष्ठ पत्रकार भण्डारीले खुसी कसरी रहने ? भन्ने विषयमा रोचक प्रस्तुति पनि दिनुभएको थियो भने कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको थियो ।

Segment: 
Language: