वरिष्ठ भारतीय बालसाहित्य लेखकको उपहार

jafa-braille-book-2018

काठमाडौं/ वरिष्ठ बालसाहित्य लेखक एवम् बालसाहित्य विशेषज्ञ मनोरमा जफाले नेपालका दृश्यविहीन बालबालिकाहरुका लागि उपहार पठाउनुभएको छ । ८७ वर्षीय लेखक जफाले आफूले हिन्दी र अंग्रेजी भाषामा पुस्तकहरु लेखन र सम्पादन गरी वर्ष सन् २०१७ मा प्राप्त गरेको लेखकस्व रकममध्येबाट केही रकम छुट्याएर नेपालका दृष्टिविहीन बालबालिकाका लागि नेपाली भाषामा ब्रेलबुक प्रकाशनका लागि सहयोग उपलब्ध गराउनु भएको हो ।

     आदरणीय लेखक जफाको सहयोगमा प्रकाशित उक्त पुस्तकको नाम हाँस्ने सुगा र अरु बालकथा (ब्रेलीबुक) हो । यस संग्रहमा ९ वटा बालकथाहरु रहेका छन् । यस संग्रहको नेपाली अनुवादक कार्तिकेय, अंग्रेजी अनुवादक महेश पौड्याल, डिजाइनर रश्मी खागी र ब्रेल एडिटर नीरकुमार मगर रहनु भएको छ । यो किताब देशभरि रहेका पचास वटा ब्रेलपुस्तककालय तथा दृष्टिविहीन विद्यार्थी अध्ययनरत विद्यालयहरुलाई १/१ प्रति निःशुल्क पठाइने व्यवस्था मिलाइएको प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालद्घारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Segment: 
Language: