बालसाहित्य लेखक रामविक्रम थापाको बाल्यकालको कथा

ram-bikram-thapa-2018

   यस अंकमा हामीले वरिष्ठ बालसाहित्य लेखक रामविक्रम थापाको बाल्यकालको कथा प्रस्तुत गरेका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :                                                                                                                   

कात्तिक गते सोमवारको दिन तिहारको लक्ष्मीपूजा अर्थात् गाईतिहारे औँसी थियो रे ! बिहान हुने बेलामा, दुईखेप भाले बासेपछि ओखलढुङ्गाको पाखे भन्ने ठाउँको मावली घरमा जन्मेको रे ! न्वारनमा मेरो नाम रेखबहादुर राखिएछ पछि खै कसले हो मेरो नाम रामबहादुर राखेछन् सायद मावली हजुरआमाले नै हुनुपर्छ ! बाल्यकालमा धेरैले मलाई एकलखे लाएररामेभनेर बोलाउँथे कसैलेरामुभन्थे कसैलेठुले गाईलाई पकाएको खोले अगेनाबाट निकालेर आमा बाहिर गएका बेला बामे सर्दै त्यहाँ पुगेछु पन्युले तातो खोले झिकेर निधारमाथिको थाप्लामा राखेछु तातो खोलेले मेरो कलिलो टाउको खुइल्याएछ कुखुराको अण्डा फुटाएर मावलकी हजुरआमाले दबाइ लाइदिनु भएछ के को ठिक हुनु नि अण्डाले ! मलाई सदरमुकाम ओखलढुङ्गा लगिएछ उपचार गर्दै डाक्टरले भनेछन् : यो बालक बाँच्न गाह्रो , बाँच्यो भने पनि दिमागमा ठूलो असर हुन्छ डरले काम्नु भएछ आमा हजुरआमा देब्रे कुमछेउको पाखुरामा - सुइ (इन्जेक्सन) लाइदिएछन् मुस्किलले धन्न बँचेछु

  वर्षको उमेरमा दिक्तेलबाट बुबालेपहिला किताबकिनेर ल्याइदिनु भयो त्यही किताबबाट मलाई बुबाले , , , , का , सिकाउनुभो नेपाली अक्षर चिनेपछि त्यही पहिला किताबबाट नेपाली अक्षरकै सहारामा , बी, सी, डी आफैँले पढेँ मेरो बुबालाई अंग्रेजी नआउने सिकाउने गाउँमा अरु कोही थिएनन् लेख्नलाई - महिना काठको पाटीमा माटोको धूलो राखेर बुबाबाटै सिकेँ त्यसपछि बाँसको टपेसमा अँगारले लेखेँ बाँसको टपेसलाई भुइँमा दलेर काउसो फालेर अनि लेखिन्थ्यो अलिकपछि, तितेपातीको मसीमा बाँसको कलम चोबेर काँचो (नेपाली) कागजमा पनि लेखियो केही समय रूपैयाँको टेको कलम १० पैसा गोटाको टाँक मसी किनेर फुल्टिनले लेख्ने भइयो नि अलिकपछि थोत्रे भोटाको गोजीमा फुल्टिन (टेको कलम) भिर्नुको त्यो बेलाको खुसीलाई शब्दमा व्यक्त गर्न कहाँ सकिन्छ आज

 आफ्नै गाउँ बाम्राङमा सावित्रा प्रा.वि. नामको कक्षासम्म पढाई हुने स्कुल थियो तर सामातुङका राई केटाहरूले कुट्छन् भन्ने डरले भूपध्वज, मकरध्वज दिक्तेलको पञ्च प्रा.वि. स्कुल जान्थ्यौँ आधा घण्टा बाटोको गाउँको स्कुल छाडेर एक घण्टाबढी हिँड्नुपर्ने स्कुल जान्थ्यौँ हामी घडी हाम्रो पहुँचमा थिएन घरको भित्तामा घामको ओझेल हेरेर स्कुल जान्थ्यौँ त्यो बेला हामी टालामा पोको पारेको मकैभटमास खाजा बाटोमुनिको बनमारा घारीमा लुकाउँथ्यौँ बेलुकी स्कुलबाट फर्कदा खान्थ्यौँ महिनाजति यसरी दिक्तेलको स्कुल धाएपछि मचाहिँ आफ्नै गाउँको बाम्राङ स्कुलमा जान थालेँ खोजिस्भन्दै घुस्सी उभm्याउँदै मसिना राई केटाहरू छेउछेउ आउँथे मुक्याइहाल्थे खुब कुटाइ खाइयो एक महिनाजति मलाई कुट्ने ती फुच्चे केटाका दिदीहरू निकै ठूला (१६-१७ वर्षका) थिए हामीसँगै एक कक्षामा पढ्थे उनीहरूलाई जोड घटाउ हिसाब सिकाइदिन्थेँ त्यसपछि भने ती दिदीहरूले भाइहरूलाई सम्झाएर मलाई कुट्न दिएनन् राई केटाहरूले कुट्न छाडे मैले यसो भनेपछि दिक्तेल जाँदै गरेका मेरा भतिज साथीहरू भूपध्वज मकरध्वज पनि मसित बाम्राङ स्कुल नै जान थाले

  श्री सावित्रा प्रा.वि. बाम्राङमा  कक्षा मा प्रथम भएकाले कक्षा नै नपढी कक्षा मा पढ्न मलाई श्री सरस्वती मा.वि. दिक्तेलमा बोलाएर भर्ना गरियो प्र.. भवकृष्ण ढकाल शिक्षक पवनकुमार थापाले मेरो बीचको नामबहादुरको ठाउँमाबिक्रमबनाइदिनुभो अब रामबहादुरबाटरामविक्रमभएँ आफ्नो छँदाखाँदाकोबहादुरहराएकोमा केही दिन निकै दुःखी भएँ नाम मात्र होइन मेरो जन्ममिति पनि फेरेर कताबाट कता पु¥याइदिनु भयो कक्षा मा पनि प्रथम भएर कक्षा मा पुग्दा मेरो रोलनम्बर भयो केही महिनापछि मासिक शुल्क रू. तिर्न नसक्दा मेरो नाम काटिने चेतावनी आयो नाम काटिएर आफ्नो रोलनम्बर पछाडि पुग्ने डरले निकै पिरोलिएँ चिन्ताले खाना पनि रुच्न छाड्यो मलाई बुबाले घरको डल्ले भाँडो एकजना बस्नेतकोमा जाकटी राखेर रू. १० ऋण लिई महिनाको शुल्क रू. एकैपटक तिरिदिनु भयो यसरी धन्नले मेरो नाम काटिएन कक्षा को अन्त्यतिर मलाई विद्यालयबाट निःशुल्क छात्रवृत्ति प्रदान गरियो मैले मासिक शुल्क तिर्नु परेन कक्षा मा पुगेपछि नेपाल बाल संगठन मार्फत् विदेशी छात्रवृत्ति पनि पाउँन थालेँ चौमासिक रुपमा १८ पाउण्ड ४१ सेण्ट (बेलायती मुद्रा) १० कक्षासम्म पाइरहेँ मेरा स्पोन्सर, दाता थिए फिनल्याण्डका श्री आर.वि.जोर्गस्ट्रोम हरेक महिनामा पैसा पाएपछि अंग्रेजी भाषामा मैले उनलाई चिठी लेख्नु पथ्र्यो तर उताबाट पैसाचाहिँ आउँथ्यो चिठीको जवाफ कहिल्यै आउँदैनथ्यो हरेक साल नयाँ पाठ्यपुस्तक दिक्तेलका समाजसेवी श्री परशुराम बजिमयले किनिदिनु हुन्थ्यो घरको आर्थिक अवस्था कम्जोर भएको, पढाईमा अब्बल अनुशासित (मेधावी) विद्यार्थी भएको नाताले मैले यी सबै सुविधा पाएको थिएँ अब भने मेरो पढाई सहज भएको थियो

  बिहान बेलुकी घाँस-सोतर काट्ने पत्कर सोर्ने काम गरिन्थ्यो हिउँदे बिदामा जङ्गलमा कटुस टिप्न पनि गइन्थ्यो बर्षा याममा घुम बोरा ओडेर मकैबारीभित्र कोदो रोपियो एकपटक दिन हिँडेर  बेल्टारबाट घरमा एक ढाकर नुन पनि पु¥याइयो कक्षामा पढ्दा पाथी नै नुन बोकेको मैले फुर्सदमा ढक, सिरुपाते, गट्टा, डण्डीवियो, बाघचाल, काँटाकाँटा जुवारी आदि खेलिन्थ्यो

  रेडियो नेपालको बाल कार्यक्रम बेलुकी बजे नियमित जस्तै सुन्थेँ पल्ला घरमा इण्डियन फिलिप्स रेडियो थियो बाहिर दलानको खाँबाको काँटीमा झुण्डिएर निकै जोडले बज्थ्यो त्यो रेडियो आओ ! मेरा प्याराप्यारा भाइबैनीहरू ! रेडियो नजिक आओ !” भन्ने कार्यक्रम सञ्चालक वासुदेव मुनालको स्वर सुन्नासाथ कँुदेर पल्लाघर पुगिहाल्थेँ हुलाकबाट पठाएको मेरो बालकविता (हामी बालक) बाल कार्यक्रममा सुन्दा खुसीले झण्डै ढलेको थिएँ रेडियो नेपालको फर्माइस चौतारी कार्यक्रममा आफ्नो नाम सुन्न पाउँदा पनि औधी खुसी भइन्थ्यो रेडियो नेपालको बाल कार्यक्रम अलिकपछि साहित्य संसार सुनेरै मैले कविता लेख्न थालेको हुँ

   कक्षामा हामीलाई अंग्रेजी पढाउने अमेरिकन मिस हुनुहुन्थ्यो अमेरिकी पिसकोरबाट स्वयंसेवकको रुपमा पढाउन सुश्री डाना फिवलकर्न श्री सरस्वती मा.वि. दिक्तेलमा वर्षका लागि आउनु भएको थियो डानाले हामीलाई प्रयोगात्मक शैलीमा बडो व्यवहारिक ढंगले रमाइलो पारामा सिकाउनु हुन्थ्यो वालमैत्री शैलीको वास्तविक सिकाइ थियो त्यो हरेक पाठ शैक्षिक सामग्रीसहितको हुन्थ्यो हामी छर्लङ्गै बुझेर सिक्थ्यौँ परीक्षामा जहिल्यै पूर्णाङ्क नै प्राप्त गर्थेँ मेरो हाइएस्ट मार्क जहिल्यै अंग्रेजीमै हुन्थ्यो १०० मा १०० नै क्रसवर्ड पजल मिलाउन उस्तै रमाइलो हुन्थ्यो स्कुलमा हुने साप्ताहिक कविता प्रतियोगितामा पनि प्रथम हुन अरुलाई दिन्नथेँ बालसाहित्यकार कल्पना प्रधान गुरुआमाको नेपाली कक्षा उस्तै रमाइलो हुन्थ्यो वहाँकोमेरो सानो खरायोमीठो कविता हामीले अगाडि नै पढिसकेका थियौँ कल्पना गुरुमाले मलाई कक्षामा कविता भन्न लाउनु हुन्थ्यो कहिलेकाहिँ पुरस्कार स्वरुप मोटा कपी पनि दिनुहुन्थ्यो त्यस्ता कपीलाई हामी लाइट कपी भन्थ्यौँ तिनै कपीमा कविता लेखेर भर्थेँ अंग्रेजीकी डाना नेपालीकी कल्पना गुरुआमालाई कहिल्यै बिर्सन सक्दिनँ

  बाल्यकालीन ती रमाइला दिनहरू फर्केर फेरि आए पनि हुन्थ्यो भन्ने लाग्छ तर के गर्नुसमयले मान्छेलाई पर्खँदैन, बगेको खोला फर्कँदैन                                  

                                    बराहपोखरी, खोटाङ मो.नं. ९७५३००४३६०

Literature: 
Language: