कति राम्रो फूल Children's Poem by Basushree Pandey

basushree-pandey-2018

कति राम्रो फूल फुल्यो बगैँचामा हाम्रो

सयपत्री मखमली गोदावरी राम्रो ।

असोज कार्तिक महिनामा ढकमक्क फुल्छन्

तिहारको भाइटीकामा दाजुभाइलाई लाउँछन् ।

वर्ष दिनको रमाइलो चाड दसैँ तिहारलाई मान्छन्

चारैतिर सफासुग्घर झिलिमिली पार्छन् ।

ऋतुहरुमा हेमन्त हो गृष्म पछि आउँछ

न त जाडो न त गर्मी ठिक्क मौसम हुन्छ ।

                             विराटनगर– ८, मोरङ, नेपाल ।

Literature: 
Language: