रमाइलो तिहार Children's Poem by Ramesh Chandra Ghimire

ramesh-chandra-ghimire-2018

झिलिमिली बालेर बत्ती पालामा
हुन्छ तिहार उज्यालो अहिले सालमा

कागलाई कुकुरलाई गोरु, गाईलाई
पूजा गर्छन् दाजुभाइलाई, लक्ष्मी माईलाई
स्यानी बैनी सोच्दैछे बसी झ्यालमा
`
मेरो पूजा हुन्न अहिले सालमा

दाजुभाइ देउसी खेल्छन्, नाच्छन् रमाउँछन्
भैलो खेल्छन् दिदीबैनी पैसा कमाउँछन्
भैलेनीलाई दच्छिना खोपे थालमा
पैसा कति बटुल्ने हुन् अहिले सालमा

धनको चाड भनेर धनकै मेलो
जता हेर्यो पैसाकै छेलोखेलो
जुवा खेल्ने जुवाडे बसे खालमा
नखेले नि हुन्थ्यो जुवा अहिले सालमा

दाउरा राखी अोदानमा अागो बालेर
पिठो मुछी अामाले दाउन हालेर
राेटी पकाई थुपार्छिन् डाला-डालामा
सेल रोटीले अघाइन्छ अहिले सालमा

भाइटीकाको दिनमा दिदी आउने रे !
निधारैमा सप्तरङ्गी टीका लाउने रे !
चट्ट परी सजिने हो फूलको मालामा
ढाका टोपी ढल्काइन्छ अहिले सालमा


-
मध्यनेपाल नगरपालिका-,
भोर्लेटार लमजुङ
(
२०७५/०७/०४)

 

Literature: 
Language: