भैल‍ो खेल्ने भैलेनी (बालकविता) - रमेशचन्द्र घिमिरे Children's Poem by Ramesh Chandra Ghimire

vailo-kavita-2018
झिलिमिली साँझमा
पोहोरजस्तै ऐले नि
अाए हाम्रो अाँगनमा
भैल‍ो खेल्ने भैलेनी

भ‌ैलेनीको अासिकले
अामा मक्ख पर्नुभो
दुइटै हात जोडेर
नमस्कार गर्नुभो

यस्तै यस्तै रमाइलो
हुन्थ्यो पैले पैले नि
मादल बजाई भट्याउँथे
भैल‍ो खेल्ने भैलेनी

नाङ्लामाथि फिँजा´को
चामल पैसा लिएर
नाच्छन्, गाउँछन् भैलेनी
मीठो अासिक दिएर

भैलेनीलाई डाकेर
रोटी दिएँ मैले नि
रमाउँदै फर्किए
भैल‍ो खेल्ने भैलेनी ।
- भोर्लेटार, लमजुङ
२०७५/०७/१७
Literature: 
Language: