क्षेत्रप्रताप अधिकारी

chetra-pratap-adhikari-ketaketionline-2018

क्षेत्रप्रताप अधिकारी नेपाली हुँ भनेर गर्व गर्ने कवि हुनुहुन्छ । उहाँले देशभक्तिका सुन्दर गीतहरु रचना गर्नुभएको छ । उहाँलाई ‘गामबेँसीका कवि’ पनि भनिन्छ । उहाँका रचना सरल, सुन्दर र मार्मिक छन् ।
राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्छ, ‘क्षेत्रप्रतापका गीतहरुमा प्राकृतिक परिवेश र स्थानीय समुदायको जीवनशैली झल्किन्छ । यसैगरी, राष्ट्रिय जीवनको महिमागान, प्रेम, विरह, देशभक्ति, स्वाभिमानलगायत विषयमा उहाँ गीत लेख्नुहुन्थ्यो ।’
वि.सं. २०७० साल चैत ३० गते हामीबाट सदाका लागि बिदा भएर जानुभएका आदरणीय कवि अधिकारीको पहिलो रचना ‘जानुभयो देवकोटा कवि नेपालीलाई टुहुरो पारेर ...’ हो । यो गीत उहाँले वि.सं. २०१६ मा महाकवि देवकोटाको निधन भएको बखत रचना गर्नुभएको थियो । उहाँको पहिलो प्रकाशित कृति ‘रहर लागेर’ हो । यो कविता र गीत संग्रहको रुपमा वि.सं. २०२४ सालमा प्रकाशित भएको थियो । कवि तथा गीतकारका रुपमा स्थापित कवि अधिकारीको चर्चित कृति ‘गामबेँसीका गीत’ २०३४ सालमा प्रकाशित भएको थियो । उहाँको यस कृतिलाई सबैले मन पराए ।
‘म त लालीगुराँस भएछु’ भन्ने कवि अधिकारीका ‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’, ‘मलाई छोडी मेरो छायाँ कतै झरेछ, तिमीसम्म आइपुग्दा साँझै परेछ’ जस्ता गीतहरु अत्यन्त लोकप्रिय छन् ।
प्रस्तुति : कार्तिकेय

Directory: 
Language: