हेलेन केलर Children's Poem by रश्मी खागी

helen-keller-poem

सुन सुन नानी बाबु एउटा कथा भन्छु

हेलेन केलरको जीवनी कहन्छु

सानी छँदै उनले देख्न–सुन्न सकिनन्

तर पनि उनले कहिल्यै हार मानिनन्



एन्ने सुलिभान उनकी शिक्षिका थिइन्

खेलखेलमै हेलेनको हातमा पानीले लेखिन्

अनमोल भयो त्यो दिन हेलेन खुसी भइन्

उनले सिक्न थालिन्, लेख्न पढ्न थालिन्



आशाको सन्देश बाँड्दै पुगिन् गाउँठाउँ

शिक्षिका बनिन् उनी प्रख्यात भयो नाउँ

ब्रेल लिपिमा अक्षर सिकेर उनले

संसारलाई हल्लाइन् आफ्ना गुणले

 

असम्भव भन्ने केही पनि हुन्न

प्रतिभाको नदीलाई सकिँदैन थुन्न ।

Literature: 
Language: