वेदान्त Children's Story by ललिता ‘दोषी’

lalita-doshi-2018

   सात कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे

 कक्षाकै हुल्याहा विद्यार्थी रघुले हकार्दै भने–‘यो बेन्च हाम्रो हो अर्को बेन्चमा गएर बस् ’’

  नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे रघुले फेरि भनेयो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ’’

    रघुले बस्न नदिएपछि नयाँ विद्यार्थी आँखाभरि आँसु पारेर उभिरहे सक्षमले रिसाउँदै भने–‘चुप लाग रघु, मजाक गर्नुको  पनि हद हुन्छ नि ! हामीलाई पो थाहा उनलाई के थाहा तिम्रो बानी यस्तै हो भनेर ?”

   कक्षामा पस्दै देवराज सरले भन्नुभयो– ‘‘होइन, किन हल्ला मच्चिएको हँ ?’’

 रघुले भने–‘सर ! जीउ सुकेको खुट्टा फुकेको कार्टुन देखेर हाँसो लाग्यो ’’

  कार्टुन भनेकै मनोरञ्जनका लागि हो नि ! यसमा हल्ला गर्नुपर्ने के नै     ?” देवराज सरको सोझो कुरा सुनेर विद्यार्थीहरू फेरि हाँसे

सक्षमले उठेर भने– ‘‘सर ! यिनीहरूले नयाँ साथीलाई जिस्क्याएका हुन्

 सरले नयाँ विद्यार्थीतिर हेर्दै भन्नुभयो–‘ त्यसो पो, पीर नगर भाइ यिनीहरू आफ्नो जीउको भैँसी देख्दैनन्, अरूको जीउको जुम्रा देख्छन् नाम के हो तिम्रो ? कहाँबाट आयौ ?’’  

 सर ! मेरो नाम वेदान्त हो बाबाको सरुवा भएकोले नेपालगञ्जबाट यहाँ आएको हुँ

   ठिक राम्रोसँग पढ तर नडराऊ, यहाँ सक्षमजस्ता विद्यार्थी पनि छन् तिमी उनैसँगै बस

 रघुले विस्तारै भने–“सर पनि कुन ड्याङको मूला हो ?” रघुको कुरा सुन्ने जति फेरि हाँसे तर सरले सुन्नुभएन

    सर गएपछि रघुले फेरि भने–‘, डेरा जिन्दावाद ! तिमी अर्कै स्कुलमा सर यो तिमीजस्ता झासझुसले पढ्ने स्कुल होइन यो काठमाडौँ कै टप स्कुल हो, बुझ्यौ ?’’ कक्षाका धेरै विद्यार्थीले ठूलो स्वरमा समर्थन जनाए

 सक्षमले बेन्च ठटाउँदै भने–‘चुप लाग ! कुकुरको पुच्छर बार वर्ष ढुङ्ग्रोमा राख्यो बाङ्गा बाङ्गै ! भनेको यही हो सरले सबैको भलो सोच्नु, कसैलाई दुःख नदिनू भनेको बिस्र्यौ तिमीहरूले ?’’

   रघुले भने–‘यार, तिमी रिसायौ कि क्या हो ? यस्सो हाँसौँ भनेर ठट्टा गरेको तिमी पुरानो साथी तिमी रिसायौ भने बोर हुन्छ, माफ गर, अब जिस्क्याउन्नौँ  , भो ’’

   सक्षमले , भनेपछि रघु खुसी भए यसरी दिन बित्दै गयो सक्षम वेदान्तको मित्रता पनि गहिरिँदै गयो सरमिसले असल साथीको उदाहरण दिनु परे उनीहरूकै नाम लिन थाल्नुभयो उनीहरू दुवै पनि खुसी थिए

  प्रथम त्रैमासिक परीक्षा भयो सधैँ प्रथम हुने सक्षम द्वितीय भए सक्षमलाई आफू द्वितीय हुँदा केही नराम्रो लाग्यो तर वेदान्तको प्रगति देखेर खुसी पनि भए दिन बित्दै गयो एक दिन सक्षमले वेदान्त नजिक बस्दै भने–‘वेदान्त के भयो ? किन अँध्यारो मुख लाएको ? मेरो पीर गरेका हौ ? , हेर तन्दुरुस्त छु हिजो एक दिन नआउँदैमा निराश हुनुपर्छ ? त्यस्तो केही भएको पनि होइन, अलिअलि टाउको दुखेको हो नि !’’ 

 रघुले हाँस्दै भने– “तिम्रो पीरले निराश भएको होइन हामीले तिमीलाई कुरा लाइदिन्छौँ भनेर नुन खाएको कुखुराजस्तै झोक्राएको हो पाजी ! हिजो भन्दै थियो स्कुलै टप गर्छु

     गेहेन्द्रले कुरा थपे–“यो मुसुमुन्द्रे देख्दा मात्र सोझो हो भित्र भने हँसिया जस्तो रहेछ

     निशानले पनि रघु गेहेन्द्रको कुरामा सहमत हुँदै भने– “सङ्गत गर्दा आफू सुहाउँदो साथीको गर्नुपर्छ भनेको मानेनौ जे होस्, समयमै पाखेको आनीबानी थाहा पायौ , राम्रै भयो

   सक्षमले वेदान्तको हात समात्दै भने–“आऊ वेदान्त खेल्न जाऔँ हेर, तिमीहरू जस्तो खराब साथीले गर्दा असल साथी छुट्टिएका धेरै कथा पढिएको , बुझ्यौ ? वेदान्त खराब छन् भन्ने कुरा सपनामा पनि सोच्न        सक्दिनँ

  रघुले फेरि भने–“तिमीले सोच या नसोच, तिम्रो खुसी यदि दोषी होइन भने खोइ तिमीले भनेको मानेको ? हेर घोसेमुन्टो लाएर बसेको

    चुपचाप बसेपछि सबैले वेदान्तलाई नै नराम्रो ठाने, घमन्डी उपनाम दिए कति गर्दा पनि वेदान्त नबोलेपछि भने सक्षमलाई पनि अरू साथीहरूको कुरा पत्याउन करै लाग्यो

   सक्षमले साथ छाडेपछि सबैले वेदान्तलाई हेप्नु हेपे रघु, गेहेन्द्रले यतिसम्म हेपे कि वेदान्तले बीचमै पढाइ छोडेर घर जाने निश्चित गरे बाबुले केही समय बस भनेकोले मात्र उनी स्कुल आउँदै थिए रघुहरू कहिले वेदान्तको सर्टमा मसी छर्केर रङ्गाइदिन्थे कहिले पुच्छर हालेर बाँदर भन्दै थप्पडी पिट्थे कहिले मार्करले घमन्डी धोकेबाज भनेर सर्टमा लेखिदिन्थे कहिले कागजको टुक्राटुक्रा पारेर वेदान्तको टाउकोमा हाल्थे जसले जे भने÷गरे पनि वेदान्त  मूर्तिलेजस्तै चुपचाप सहन्थे

     सक्षम वेदान्त बोल्न छाडेको केही दिनपछि कक्षामा बसिरहेका वेदान्तको टुप्पी समात्दै रघुले भने–“हेर,यो धोकेबाजको टुप्पी काट्नुपर्छ, कपाल चारपाटा मुडेर मुग्लान कटाउनुपर्छ ’’ , टाउको समाऊ गेहेन्द्र भन्दै कैची निकालेर कपाल काट्नै कस्सिएका के थिए सक्षमले कैची खोस्दै रघुको गालामा दुई थप्पड लाए त्यसपछि कक्षाका विद्यार्थीहरू अचम्म मान्दै एक ठाउँमा जम्मा भए

  वेदान्तले सक्षमको हात समात्दै भने–“बिन्ती ! नकुट फेरि ....

  सक्षमले रघुतिर मुड्की देखाउँदै भने–“फेरि के गर्छ यो पाजीले ? वेदान्त ! तिमी मलाई यत्ति  धेरै माया नगर यार ! देवराज सरले सबैकुरा ....

    सक्षमको कुरा सुनेर सबै जना अलमल्ल परे सक्षमले पुनः आँखाभरि आँसु पार्दै भने–“सुन साथी हो ! यी नालीका किराहरूले वेदान्तलाई बाटोमा एक्लो पारेर–“तँ सक्षमसँग बोलिस् भने दाइहरू लगाएर सक्षमको हाड भाँचिदिन्छौं तैंले सक्षमलाई साँच्चै माया गर्छस् भने ऊसँग टाढा हो, भनेछन् त्यसैले सक्षम मसँग टाढा भएका रहेछन्, सत्य कुरा यही हो वेदान्त मलाई बचाउन यिनीहरूले गरेको घृणा दिएको पीडा सहँदै आएका छन्

    निशानले डराउँदै भने–“हेर रघु ! मलाई माफ गर सक्षमले सबै कुरा देखे जस्तै   गरी सोधेपछि मैले ढाँट्नै सकिनँ अर्को कुरा वेदान्तले सक्षम नै प्रथम होऊन् भनेर नेपालीको ठ्याक्कै दश नम्बरको प्रश्न छोडिदिएका रहेछन् सरलाई वेदान्तले प्रश्न छोड्नुमा केही सहस्य भन्ने सङ्का लागे   जाँच सिद्धिएपछि सरले कक्षामा हामीलाई अरू प्रश्न वेदान्तलाई झुक्याएर  त्यही प्रश्न सोध्नुभए वेदान्तलाई कुन प्रश्न छोडे भन्ने पनि पत्व भएन उनले खुरुक्क उत्तर दिएछन् त्यसपछि सरले अड्कल काट्नुभए उनले सक्षमलाई प्रथम गराउन चाहेको कुरा    नत्र उनैले स्कुल टप गर्ने रहेछन् देवराज सरले सक्षमसँग त्यसै भन्नुभाथ्यो, हैन सक्षम ?”

    सक्षमले आँखाभरि आँसु पार्दै भने -  मैले वेदान्तको बारेमा रघुले गरेका कुरा सुनाउँदा सरले भन्नुभयो–‘कौवाले कान लग्यो भन्दैमा कौवाको पछि दौड्नु हुँदैन पहिला आफ्नो कान छाम्नुपर्छ मैले आजसम्म वेदान्त जस्तो गुणी मान्छे देखेकै छैन उनले तिम्रो खुसीको लागि दुःख सहेको हुन् नपत्याए सबै देखेजस्तै गरी कुरा धुत सत्य तिम्रो सामु आउछ त्यसपछि तिमीले केही दिन वेदान्त रघुहरू बीचको अन्तर हेर हो, त्यसैले मैले सबै कुरा थाहा पाएर पनि वेदान्तको पीडा चुपचाप हेरिरहेको थिएँ वास्तवमै वेदान्त रघु बीच आकाश पातलकै अन्तर हीरा सानो भए पनि बहुमूल्य हुन्छसरले भनेको कुरा सत्य हो  वेदान्त हीरा नै हुन् 

   सक्षमको कुरा सुनेर विद्यार्थीहरूका आँखा रसाए सबैले रघु गेहेन्द्रलाई स्कुलबाटै निकाल्ने कुरा गरे

       वेदान्तले भने–“हामीले कहिल्यै पनि अरूको नराम्रो सोच्नु हुँदैन जसले  अरूको नराम्रो सोच्छ त्यही  खाल्डोमा पर्छ रे आमाले त्यसै भन्नु हुन्छ

     सक्षमले भने–“तिम्रो कुरा ठिकै हो तर धेरै आदर्श बने पनि दुःख नै हुन्छ नि !  सबैले थाहा पायौ होइन रघु वेदान्तमा कति अन्तर ?’’

  सक्षमको कुरा सुनेपछि सबैले एकै स्वरमा भनेसाह्रै असल मान्छे जेहेनदार विद्यार्थी वेदान्त पो रहेछन् ’’

  रघु गहेन्द्रले वेदान्तसँग माफ माग्दै भने ‘‘ अब हामी पनि तिमीजस्तै  असल बन्छौँ यस्ता गल्ती कहिल्यै गर्दैनौँ हामीलाई आज राम्रोसँग थाहाभयो जति ढाटे पनि वास्तबमा सत्य कै जीत हुनेरहेछ ’’ 

   सक्षमले कुरा थपे– “हेर, साथी हो, हामीले के भुल्नु हुँदैन भने रघुजस्ता साथीहरूले पछुताउनु पर्छ । रघुहरू भनेझैँ ढिलो हुन्छ तर जीत सत्यकै हुन्छ ।”

   हो, हो, भन्दै सबैले सक्षको कुरामा सही थापे ।  टिनिनी घण्टी बज्यो, सबै जना  वेदान्तको तारिफ गर्दै घरतिर लागे । वेदान्त र सक्षम पनि मीठा–मीठा कुरा गर्दै घरतिर लागे । वेदान्तले मनमनै सक्षमजस्तो साथी दिएकोमा भगवान्लाई धन्यबाद भने ।

                                                                                बुद्धनगर काठमाडौँ

Literature: