सक्रिय युवा लेखक सूर्यप्रसाद लाकोजू

surya-lakoju

वि.सं. २०३३ साउन २८ गते पिता विष्णुप्रसाद र माता हेममायाका सुपुत्रका रुपमा पनौती ७ मा जन्मिनुभएका सूर्यप्रसाद लाकोजू सक्रिय युवा लेखक हुनुहुन्छ । उहाँको कोपिला बालकवितासङ्ग्रह र योमरी सचित्र बालतथ्यपुस्तक गरी दुई बालकृतिहरु प्रकाशित छन् । तातेताते रंगीन बालकविता सङ्ग्रह बालसाहित्यतर्फ उहाँको तेस्रो पाइला हो । यो रंगीन बालपुस्तक बुकआर्ट नेपालबाट यहीँ महिना प्रकाशित हुँदैछ । नेपाली साहित्यमा उहाँका कविता, मुक्तक, हाइकु, संस्मरण, संस्कृति र जीवनी गरी एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली लेखक संघका केन्द्रीय सदस्य लाकोजू अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिका र बालोद्यान मासिक बालपत्रिकाका सम्पादक/प्रकाशक हुनुहुन्छ । उहाँले सम्पादनतर्फ  काभ्रे दूरदृष्टि साप्ताहिकमा कार्यकारी सम्पादकका रुपमा र जेसिस स्मारिका, सप्तलाल तथा श्रीराम स्मृतिग्रन्थ, स्मारकदर्पण, हाम्रो सम्पदा, सप्तलाल तथा श्रीराम स्मारिका, पनौती साहित्य समाजबाट प्रकाशित साहित्य दर्पण, साहित्यकार गोविन्दराज भट्टराई जीवनी ग्रन्थ आदिमा कार्य गरिसक्नुभएको छ । युवा वर्ष मोती पुरस्कारबाट पुरस्कृत ज्ञानविकास सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष  लाकोजूका प्रकाशित कृतिहरु र उहाँले प्राप्त गर्नुभएका सम्मानहरु यस प्रकार रहेको छ :  प्रकाशित कृतिहरु १. भावनाका  फूलहरु (मुक्तकसङ्ग्रह)२. फूलहरुको मेला (मुक्तकसङ्ग्रह)३. स्पर्श (कवितासङ्ग्रह)४. मेरो मन मेरो मीत (कवितासङ्ग्रह)५. पनौती ६. पनौतीको बाह्वर्षे मकर मेला७. स्मृतिका आलेखहरु८. प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग)९. गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह)१०. कोपिला (बालकवितासङ्ग्रह)११. केही काभ्रेली अक्षरकर्मीहरु—११२. घामको चुम्वन (कवितासङ्ग्रह) १३. अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह)१४. मेरो घाम (कवितासङ्ग्रह)प्राप्त सम्मानहरु१. बालोधान प्रकाशन गरेबापत मौलिक साहित्य समाजबाट सम्मानित२. पासापुच क्लबबाट सम्मानित३. वि.पि. एस.आर.डि ग्रुपद्धारा सम्मानित४. पनौती उपत्यका .एकीकृत विकास समाजबाट मकरमेला पुस्तककालागि २०६६ माघ २९ मा     सम्मानित५. संरक्षित स्मारक क्षेत्र संरषण समितिबाट २०६६ चैत्र २८ मा सम्मानित६. पनौती उपत्यका .एकीकृत विकास समाजबाट २०६८ चैत्र १८ मा सम्मानित ७. जनमत जनक सेवा सम्मानबाट २०६९ साल चैत्र ३१ मा सम्मानित८. मातृभूमिका लागि युवा अभियान नेपाल, पनौती युवा मञ्च र महेन्द्र स्मृति प्रतिष्ठानले संयुक्त रुपमा २०७१ असोज ११ गते सम्मानित ९. २०७१ कार्तिक ३ गते काभ्रेली कलाकार समाजबाट सम्मानित१०. २०७२ भाद्रमा युवा वर्ष मोति पुरस्कारबाट दगद र स्वर्णपदकसहित पुरस्कृत११. २०७२ असोज ११ गते पनौती संग्रहालयबाट सम्मानित१२. २०७२ कार्तिक १४ गते ज्ञान विकास सामुदायिक पुस्तकालयबाट सम्मानित

Directory: 
Language: