इन्टर कलेज प्लसटु फुटसल प्रतियोगिता हुने

futsal-news
काठमाडौं / राजधानीमा विगत १० वर्ष देखि निरन्तर रुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगिता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लसटु फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा सहभागीताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समुहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्लसटुमा अध्ययनरत विद्यार्थीहरुले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट साइजको फोटो र रु ७ हजार रुपैया तिरेर पौष २० गते सम्म आफ्नो कलेजको फुटसल टिम दर्ता गर्न सक्नुहुने छ । उक्त प्रतियोगिताको उद्घाटन पौष २३ गते हाडिगाउँस्थित धर्नाेन्तरी फुटसल मैदानमा एक हप्ता सम्म सन्चालन हुने छ  । 
उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजको खेलाडीहरुको सहभागी हुनेछन् भने प्रथम हुनेले एक लाख नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले रु ५० हजार नगद ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने तृतिय हुने टिमले रु २५ हजार नगद साथै ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् साथसाथै उक्त प्रतियोगीतामा बढी गोल गने उत्तकृष्ट खेलाडीहरु पनि रु ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजाक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिनुभयो ।
Segment: 
Language: