कवि दर्शन केसीलाई पराक्रम बालप्रतिभा पुरस्कार

parakrm-child-talent-award-2075

यसअघि “प्रारम्भ बालप्रतिभा पुरस्कार” को नामबाट प्रदान गरिँदै आएको र यस वर्षबाट “पराक्रम बालप्रतिभा पुरस्कार” भनेर नामाकरण गरिएको बालप्रतिभा पुरस्कार यस वर्ष विलक्षण बालप्रतिभा कवि दर्शन केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । साहित्यकार महेश पौड्यालद्वारा स्थापित यस पुरस्कारलाई उनका दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा पुनः नामाकरण गरिएको हो ।
काठमाडौँमा आज बसेको पुरस्कार समितिको बैठकले सुस्तमनस्थिति र विशेष शारीरिक अवस्थामा हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा रहेर पनि साहित्य सिर्जनामा सक्रिय रहेका बालप्रतिभा कवि दर्शन केसीलाई वर्ष २०७५ का लागि “पराक्रम बालप्रतिभा पुरस्कार” प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारमा रु १० हजार नगद र कदर पत्र रहेको छ । पुरस्कार आगामी पौष १५ गते, स्वर्गवासी पराक्रम पौड्यालको जन्म मितिका दिन, दिनको ३ बजे नयाँ बानेश्वरमा वितरण गरिने बालसाहित्य प्रतिष्ठान नेपालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरस्कार हरेक वर्ष प्रतिष्ठानको संयोजनमा वितरण गरिने छ ।

Segment: 
Language: