कार्तिकेय ट्रस्टले फरक क्षमता र परिवेशका १५ जना बालप्रतिभाहरुलाई पुरस्कृत गर्ने

karikeya-trust-logo-2018

काठमाडौँ, पुस १० गते सोमबार

कार्तिकेय ट्रस्टका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा हिजो पुस गते बसेको बैठकले यस वर्ष १५ जना फरक क्षमता परिवेशका बालप्रतिभा तथा किशोर/युवा प्रतिभाहरुलाई पुरस्कृत/ सम्मानित गर्ने भएको जस अनुसार यस वर्ष कार्तिकेय बालप्रतिभा पुरस्कारबाट जना बालप्रतिभाहरु, कार्तिकेय किशोर प्रतिभा सम्मानबाट जना अन्य जना दृश्यविहीन बालप्रतिभाहरुलाई वर्षभरि लेख्न पुग्ने ब्रेल पेपर सहयोग गरी मिहिनेती विद्यार्थी सम्मान प्रदान गर्ने ट्रस्टले बताएको

यस वर्ष पुरस्कृत हुने बालबालिकाहरुमा वर्षमा सबैभन्दा धेरै किताब पढ्ने बालप्रतिभा लगायत चित्रांकन, लेखन तथा गायनमा अब्बल फरक क्षमताका बालबालिकाहरु रहने ट्रस्टका अध्यक्ष वरिष्ठ शिक्षासेवी मोहन कार्कीले जानकारी गराउनु भएको

कार्तिकेय बालप्रतिभा पुरस्कार वितरण समारोह २०७५ माघ मसान्तमा अयोजना गरिने भएको भने पुरस्कृत तथा सम्मानित प्रतिभाहरुको नाम घोषणा पुस मसान्तसम्म गरिने भएको

कार्तिकेय ट्रस्टबाट विगत दुई दशकदेखि बालप्रतिभा पुरस्कार तथा फरक समुदाय फरक क्षमताका विद्यार्थीका लागि शैक्षिक प्रोत्साहन सहयोग/सम्मान वितरण हुँदै आएको

Segment: 
Language: