पराक्रम बालप्रतिभा पुरस्कारबाट दर्शन केसी पुरस्कृत

parakram-child-talent-award-2075

काठमाडौँ, पौष १५

साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत छोरा श्री पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७५ का लागि बालकवि दर्शन केसीलाई प्रदान गरिएको १५ पौष, आइतबारका दिन स्वर्गीय पराक्रम पौड्यालको जन्मदिनको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि गोपाल पराजुलीले रू १० हजार नगदसहित उक्त पुरस्कार कवि केसीलाई प्रदान गनुभएको हो जन्मैदेखि आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न हिँड्डुल गर्न नसक्ने केसी नाकले  कम्प्युटरमा टाइप गरेर नेपाली अङ्ग्रेजी भाषामा कविता लेख्छन् उनको दारुण शारीरिक अवस्था देखेर विक्षिप्त उनकी आमाले २०६३ मा आत्महत्या गरेपछि केसी बुवाको एकल स्याहारमा बानेश्वरको शान्तिनगरस्थित घरमा हुर्किरहेका छन् केसी प्रतिकूल अवस्थामा, मजदुरी गरेर परिवार धानिरहेका बुवा निरज केसीको छत्रछायामा बाँचिरहेका छन् सुरुमा स्कुल गएर कखरा सिकेका केसी हाल घरैमा बसेर लेखपढ गर्छन् साहित्यमा रमाउँछन् कार्यक्रममा उपस्थित साहित्यकार पत्रकारहरूलाई जानकारी दिँदै उनका बुवा निरज केसीले यो नै आजसम्म दर्शन केसीले पाएको सबैभन्दा ठूलो प्रोत्साहन भएको बताए दर्शनले थुप्रै कविता आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको   प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए  प्रमुख अतिथि गोपाल पराजुलीले यो पुरस्कार उचित पात्रलाई दिइएको भन्दै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ

 पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभएको बालसाहित्य प्रतिष्ठान नेपालले प्रेस विज्ञप्ती मार्फत् जानकारी गराएको

Segment: 
Language: