ब्रेललिपिमा पहिलो मुक्तक संग्रह विमोचित

muktak-moha-launching

 दृष्टिविहीन किशोर तथा युवा लेखकहरुलाई मुक्तक लेखनमा उत्साहित गर्ने उद्देश्यले ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तक संग्रह मुक्तक मोह गत शनिवार अयोजित एक समारोहमा विमोचन  भएको

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभएको उक्त संग्रहमा परिचित मुक्तककार रामकाजी कोने लिखित ६९ मुक्तकहरु समावेश छन् संग्रह नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशन गरेको हो

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा भएको उक्त समारोहमा प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, विशेष अतिथि वरिष्ठ मुक्तककार रत्नशमशेर थापा, अतिथिहरु दृष्टिविहीन प्रतिभाहरु सरोज भट्टराई, सरिता अर्याल, मुना मञ्जरी बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयका साथै मुक्तक प्रतिष्ठानका उपाध्यक्ष बियोगी बुढाथोकी, महासचिव रमेश पौडेल, सचिव बादल घिमिरे, कोषाध्यक्ष निशा केसी लगायतको उपस्थिति रहेको थियो  

समारोहमा नेपाल मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक लेखनबारे प्रकाश पार्नु भएको थियो भने विमोचित कृतिबाट मुक्तकहरु दृश्यविहीन प्रतिभाहरु सरिता अर्याल मुना मञ्जरीले वाचन गर्नु भएको थियो लेखक कोने स्वयंले पनि आफ्ना मुक्तकहरु वाचन गरी सुनाउनु भएको थियो

उक्त समरोहमा बोल्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले मुक्तक प्रतिष्ठानसँग सहकार्य गरी नयाँ पुस्तालाई मुक्तक लेखन तालिमहरु सञ्चालन गर्न सके राम्रो हुने विचार व्यक्त गर्नु भएको थियो

कार्यक्रममा बोल्दै अध्यक्ष एवम् मुक्तककार कोनेले मुक्तक प्रतिष्ठानबाट दृष्टिविहीन किशोर तथा युवाहरुले रचना गरेका मुक्तकहरुको अडियो किताब प्रकाशन गरिने घोषणा गर्नु भएको थियो दृष्टिविहीन किशोर तथा युवाहरु माझमा चार दर्जन बढी मुक्तकककार रहेको अनुमान गरिएको तर उहाँहरुमध्ये अधिकांशले मुक्तक लेखनसम्बन्धी कुनै तालिम हालसम्म प्राप्त गर्ने अवसर नपाएको बताउनु भएको । कार्यक्रमको संचालन दृष्टिविहीन लेखिका तथा युट्यबर आश्मा अर्यालले गर्नुभएको थियो ।

Segment: 
Language: