‘समयका स्वरहरु’ विमोचित

sobodh-book

काठमाडौँ, चैत्र १२, नेपाल रानाभाट सुबोध लिखित समयका स्वरहरू मुक्तक संग्रह वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले विमोचन गर्नुभयो

नेपाल मुक्तक प्रतिष्ठान काठमाडौ नेपालले गत चैत्र ११ गते आयोजना गरेको उक्त कार्यक्रम उक्त प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न भएको थियो

तनहँु, भिर्कोटमा जन्मिएर गण्डकी प्रदेशको उपसचिव पदमा कार्यरत मुक्तककार सुबोधको यो पहिलो कृति हो उहाँले प्रस्तुत संग्रह आफ्ना स्वर्गीय पिता खेमहरि रानाभाटप्रति समर्पित गरेर पिताको वार्षिक स्मृतिमा प्रकाशित गर्नुभएको हो प्रस्तुत संग्रहमा आठवटा विषयका ८० मुक्तकहरू समाबिष्ट छन् पुस्तक उमेशचन्द्र अधिकारीको चित्रकारिताले सजिएको

विमोचन कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य तथा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त  गर्नुभएको थियो प्रतिष्ठानका सचिव बादल घिमिरेले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा मुक्तक समीक्षा कवि बिजय कट्टेल छहराले गर्नुभएको थियो भने कवयित्री निशा केसीले सुबोधका मुक्तकहरू वाचन गर्नुभएको थियो कार्यक्रमको उत्तरार्धमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले समीक्षात्मक टिप्पणी सहित धन्यबाद ज्ञापन गर्नुभएको थियो  

कार्यक्रममा मुक्तककार सुबोधलाई प्रमुख अतिथि र अध्यक्षद्वारा नेपाल मुक्तक प्रतिष्ठानको लोगो अंकित ब्याच लगाइदिएर प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

Segment: 
Language: