नयाँ संकल्प Children's Poem by रञ्जुश्री पराजुली

ranju-shree-parajuli-2019

घुम्दै फिर्दै आज फेरि अर्को नयाँ बर्ष आयो
राम्रो गर्छु, ठुलो हुन्छु भन्दै मन मेरो  रमायो
दिनै पिच्छे सिक्दै जान्छु राम्रा असल काम
खोज्दै बुझदै अघि बढ्छु राख्न आफ्नो नाम

घरमा मेरी आमा गुरु बाबा पनि  त्यस्तै
धेरै बुद्धि ज्ञान पाँउछु साझ बिहान यस्तै
ठुलो दाइ बन्दै आफु पनि त्यस्तै काम गर्छु
भाइ बैनी बटुलेर तिनलाई पाठ सिकाउछु

दिन बित्छ बुद्धि बढ्छ पाको म हुदै जान्छु
जांगर झिक्दै पुस्तक पढे ज्ञान मलाइ नै हुन्छ
सिकारु हुं सिक्छु नयाँ कुरा चेत खुल्छ
आफ्नै सिमित कुरा गर्छु लगाउंदिन धाक धक्कु

कतै बाबा आमा सबका पहिले त्यस्तै नै थिए रे
ज्ञान बुद्धी बढाएर पाको भइ कर्मबीर बने रे
सिको गर्छु घर भित्र पछ्याउँछु तिनकै कार्य
स्कुलमा सिक्छु म गुरुले सिकाएको कर्म

पाइलै पिच्छे नयाँ कार्य सधैं टिप्दै म बढ्छु
नबुझेको नजानेको कार्य पनि सधैं सिक्छु
परिश्रमी बन्दै अघि बढी असल ब्यक्ति बन्छु
जन्मभुमि प्यारो नेपाल शिर माथी बोक्छु ।
२०७६.१.१

Literature: 
Language: