स्कुल जान्छु झट्ट Children's Poem by रमेशचन्द्र घिमिरे

school-janchhu-ma-2019

काइँयो लिई फोरेर कपालका लट्टा
सफा हुन्छु नुहाउँछु स्कुल जान्छु झट्ट

नयाँ लुगा लगाई भई चिरिचट्ट
जुत्ता मोजा लाएर स्कुल जान्छु झट्ट

दिउसो खान पर्दछ ल्याउनु मकै भट्ट
खाजा पोको पारेर स्कुल जान्छु झट्ट

किन्दिनु बाबाले कलम राख्ने बट्टा
झोलाभित्र राखेर स्कुल जान्छु झट्ट

खेलछुट्टीमा खेलौँला साथीसँग गट्टा
पढ्ने बेला पढ्ने हो स्कुल जान्छु झट्ट

आमा भरे सँगसँगै जाउँला बरु घट्ट
अहिले अल्लि हतार स्कुल जान्छु झट्ट

         २०७५/१२/२० लमजुङ

Literature: 
Language: