हार्दिक बधाई

nirmala-prem-balsahitya-samman-2075

नेपाली बालसाहित्यको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनमा लामो समयदेखि सक्रिय वरिष्ठ सर्जक श्री प्रमोद प्रधान ‘निर्मला–प्रेम बालसाहित्य सम्मान २०७५’ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
साहित्य संवर्धन् केन्द्रद्वारा वितरण गरिने यो सम्मान हाल क्यानडामा रहँदै आउनुभएका काठमाडौँ जोरपाटी निवासी श्री सुरेन उप्रेती र उहाँकी दिदीबदिनी र पत्नीले बालसाहित्यमा योगदान पुर्याउने संस्था वा व्यक्तिका लागि रु दस हजार नगदबाट आरम्भ गर्ने गरी रु दुई लाख मूल धन (अक्षय कोश) राखी यस पुरस्कारको स्थापना गर्नुभएको हो । वि.सं. २०७४ बाट प्रदान गर्न सुरु गरिएको यो सम्मान प्रथम पटक वि.सं. २०७४ मा नेपाल बालसाहित्य समाज    (नेबासास) लाई प्रदान गरिएको थियो । यस वर्ष सम्मानित स्रष्टा प्रधानलाई नगद रु एघार हजार एक सय एघार सहित सम्मानित गरिएको थियो ।  
नेपाल साहित्य समाज र साहित्य संवर्धन् केन्द्रद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा अन्य वरिष्ठ सर्जकहरु पनि विविध पुरस्कारहरुबाट सम्मानित हुनुभएको थियो । पुरस्कृत र सम्मानित सबैमा हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
साथै उक्त अवसरमा ‘संस्कृत साहित्यका महाकवि भासका समग्र नाट्यकृति’ नामक उत्कृष्ट ग्रन्थको पनि लोकार्पण गरिएको थियो । ९७ वर्षीय आदरणीय लेखक वसन्तकुमार शम्मा नेपालले नेपालीमा भाषान्तरण गनुभएको यस कृतिको सम्पादन विनयकुमार शर्मा नेपालले गर्नुभएको हो । यस कृतिमा महाकवि भासका पाँच एकांकी र नौ नाटक गरी १४ नाट्यकृति समावेश छन् । यस पठनीय र संग्रहणीय कृति तयार गर्नुहुने अनुवादक र सम्पादकज्यूहरुमा पनि हार्दिक बधाई र धन्यवाद । 

Segment: 
Language: