चिल्ड्रेन आर्ट स्कुलमा चित्रकला प्रदर्शनी

ccas-news-2019

ललितपुर, वैशाख ७, २०७६
बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष श्री कार्तिकेयले कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल, चाकुपाट, ललितपुर (क्लासिक ग्यालरी) मा बालबालिकाहरुको चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो । उक्त अवसरमा बालबालिकाहरुले नृत्य, गायन र नाटक प्रदर्शन गरी आआफ्नो प्रतिभा प्रदर्शन पनि गरेका थिए । उक्त स्कुलका संस्थापक वरिष्ठ कलाकार श्री सरिता डंगोलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालसाहित्य प्रतिष्ठानबाट प्रकाशित वरिष्ठ भारतीय बालसाहित्य लेखिका मनोरमा जफा लिखित उत्कृष्ट बालपुस्तक ‘जादुको सिसाकलम’ (‘दि म्याजिक पेन्सिल्स’को नेपाली संस्करण) २५ जना बालबालिकाहरुलाई उपहार प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागी बालबालिकाहरुलाई ‘केटाकेटी न्युज’ बालपत्रिका पनि वितरण गरिएको थियो । उक्त विद्यालयले बालबालिकाको बिदामा आयोजित यस क्याम्पमा ३० जना बालबालिकाहरुले भाग लिएका थिए ।

कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल बालबालिकामा चित्रकलाको सिप प्रदान गरी उनीहरुको सिर्जनात्मक भविष्य सुन्दर बनाउनका लागि विगत ११ वर्षदेखि निरन्तर सक्रिय रहेको छ । चित्रकला प्रदर्शनी २२ अप्रिल (वैशाख ९ गते) सम्म  क्लासिक ग्यालरी, चाकुपाट, ललितपुरमा जारी रहने बताइएको छ ।

Segment: 
Language: