‘जूनतारा’ बालकविता - ललिता ‘दोषी’ Children's Poem by Lalita Doshi

lalita-doshi's poem art

आमा ! बहिनी म जस्तो नै बनुन् भन्छु म

खेलौना नि उस्तै हुँदा धेरै रम्छु म

किन उनलाई अर्को स्कुल मलाई अर्कै  स्कुल

सँगैसँगै  स्कुल जाँदा खुसी हुन्छु म


थोरै भए बाँडिखाउँला दाजुबहिनी मिली

मलाई मात्र मीठोचोखो जादैनँ भो निली

उनीभित्र पनि मन छ मेरो जस्तै आमा !

उनलाई मात्र सधैँ किन दिनुहुन्छ काम ?


किन मलाई मात्र काखा उनलाई पाखा किन ?

सक्नुपर्छ हामी दुईलाई उस्तै माया दिन

भन्छन् उनी जूनजस्ती म छु तारा जस्तो

हामी दुईमा फरक गर्दा हुन्छ कस्तो–कस्तो


आजैदेखि दाजुबहिनी एउटै स्कुल जान्छौँ

उस्तै नाना लाउँछौँ हामी उस्तै खाना खान्छौँ

म चढ्ने शिखरमा बहिनी पनि चढ्छिन्

मैले जस्तै सबै काम उनले पनि गर्छिन् ।

                                      बुद्धनगर काठमाडौँ

Literature: 
Language: