पनौतीमा बालसाहित्य लेखन कार्यशाला तथा दुई बालपुस्तक विमोचित

panauti-news-2019

काभ्रे, २०७६ जेठ ३ गते/ काभ्रेको पनौतीस्थित ज्ञानविकास सामुदायिक पुस्तकालय र बालसाहित्य प्रतिष्ठान नेपाललको संयुक्त आयोजनामा एकदिने बालसाहित्य लेखन कार्यशाला सम्पन्न भएको छ । बालकविता र बालकथा लेखनका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रममा स्थानीय ५ वटा विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो । कार्यशालामा बालकविता लेखनबारे बालसाहित्य लेखक/सम्पादक तथा अक्षरमार्ग काभ्रेका अध्यक्ष सूर्यप्रसाद लाकोजूले र बालकथा लेखनबारे प्रतिष्ठानका अध्यक्ष बालसाहित्य लेखक कार्तिकेयले प्रशिक्षण प्रदान गर्नुभएको थियो । समारोहमा कविता र कथाहरु वाचन पनि गरिएको थियो । 
साथै कार्यक्रममा पञ्चकन्याद्वारा लेखक सूर्यप्रसाद लाकोजू लिखित दुई बालकविता संग्रहहरु ‘फूलैफूल’ र ‘साथी’ को पनि विमोचन गरिएको थियो । रंगीन साजसज्जामा प्रकाशित साथी बालकविता संग्रह बुकआर्ट नेपालबाट प्रकाशित भएको हो । यस कृतिमा चित्रकार अर्पिता शाक्यका सुन्दर चित्रहरु रहेका छन् ।
कार्यक्रममा ओत ब. खड्का, लक्ष्मी दहाल, द्वारिका दास श्रेष्ठ, वसन्तराज नेपाल, मनोज बन्जारा, ग्रिष्मा तिमिल्सिना, निर्जला बन्जारा, विवेक हुमागाई लगायत अतिथिका रुपमा सहभागि रहनुभएको थियो । कार्यक्रम संचालन नवीना हुमागाईले गर्नुभएको थियो ।

Segment: 
Language: