किताब (बालकविता) पुष्पा लोहनी, कक्षा १०, न्युटन मावि, बालुवाटार, काठमाडौँ ।

puspa and her sister

माया गर्छु किताबलाई
जतन गरी पढ्छु
केरमेट नगरी
सफा सधैँ राख्छु

ज्ञान दिने पुस्तकलाई
हेला गर्दिन
राम्रोसँग पढी
झोलामा थन्क्याउँछु

जतन गरी मैले पढे
पछि अरुले पढ्छन्
राम्रा–राम्रा किताबबाट
सबले ज्ञान पाउँछन्

बुद्धि दिने पुस्तकलाई
गर्नुपर्छ माया
पुस्तककै प्रेरणाले
बन्छु असल मान्छे म ।।

Literature: 
Language: