म कस्तो देशमा जन्मिएछु (बालकविता) शुभिका बराल, कक्षा ९, सेन्टमेरिज हाई स्कूल, जावलाखेल, ललितपुर

Suvika-Baral

एउटा सुन्दर जीवन पाएकीमा त आभारी छु आमा
तर एउटा गुनासो छ
म किन यस्तो देशमा जन्मिएछु
जहाँ एक छाक खाना खान संघर्ष गरिरहेको एउटा गरिब व्यक्तिको पुकारालाई कसैले सुन्दैन
तर धन र शक्ति भएकालाई जे पनि गर्न छुट छ ।
म कस्तो देशमा जन्मिएछु आमा
जहाँ विदेशबाट भूकम्प पीडितका नाममा आएको राहत पनि
लक्षित समुदायसम्म पुग्दैन ।
म कस्तो देशमा जन्मिएछु आमा
जहाँ जति सडक निर्माण गरे पनि सडकको दुर्दशा भने कहिल्यै सुध्रिएन ।
म कस्तो देशमा जन्मिएछु आमा
जहाँ आफ्नो नाफाको निम्ति किसानले रासायनिक मल र विषादीको प्रयोग गरेर सबैको ज्यान जोखिममा पार्छन् ।
म कस्तो देशमा जन्मिएछु आमा
जहाँ जनतालाई राम्रा सुविधा दिइएको छैन
तर मुख्यमन्त्री दुई करोडको गाडीमा सवार हुन्छन् ।
म कस्तो देशमा जन्मिएछु आमा
जहाँ न्यायको साथ होइन पैसाको साथ दिइन्छ ।

Literature: 
Language: