जलरिका 'बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान– २०७६' तीन स्रष्टालाई प्रदान गरिने

jalarika-2075-photo

काठमाडौँ, जेठ १७
जलरिका साहित्य प्रतिष्ठानद्धारा कविवर द्धारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि-रेशम स्रष्टा सम्मान’ आख्यान, काव्य र कला विधाका तीन स्रष्टाहरुलाई प्रदान गरिने भएको छ । आज प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले यो निर्णय गरेको हो ।
उक्त बैठकले यस वर्ष ‘बुद्धि-रेशम स्रष्टा सम्मान’ आख्यान, काव्य र कला विधामा क्रमशः मदनमणि दीक्षित, मदन रेग्मी र किरण मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानित स्रष्टा त्रयलाई जनही एक-लाख एक रुपियाँ नगद र सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर आगामी २०७६ जेठ ३१ गते आयोजना हुने एक विशेष समारोहबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अभिनन्दन गर्नुहुने कार्यक्रम रहेको छ ।

Segment: 
Language: