नेपालभााषामा बालसाहित्य : विगत र वर्तमान विषयक छलफल गोष्ठी सम्पन्न

ilohan-program-2019-june-28

'ईलोहं' नेपालभााषाको मासिक बालपत्रिका र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा 'नेपालभााषामा बालसाहित्य : विगत र वर्तमान' विषयक छलफल गोष्ठी शुक्रवार सम्पन्न  भयो ।
वरिष्ठ लेखक तेजप्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रममका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालभााषा नेवार समुदायको बालबालिकाहरुले समेत बोल्न छोड्दै जाँदा यो भाषा बोल्नेको संख्या कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, हरेक बालबालिकाले आफ्नो मातृभाषा पनि बोल्न जान्नुपर्छ ।

उक्त अवसरमा समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, सल्लाहकार भिक्टर प्रधान र महासचिव प्रा.डा. ध्रुवकुमार घिमिरे, प्रमोद प्रधान, ईलोहं पत्रिकाका प्रधान सम्पादक नरेशवीर शाक्य, सम्पादक दर्शनबीर शाक्य , बालसाहित्य लेखकहरु कृष्णदीप सिग्देल, अनुराधा, यशु श्रेष्ठ, शशिकला मानन्धर, विजयरत्न तुलाधर, सुशीला प्रधानानांग, उद्धव प्याकुरेल, डा. यादेवी ढकाल, डा. जयन्ती, राजेन्द्रभक्त जोशी, मीना महर्जन लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

Segment: 
Language: