रमाइला नानी बालसाहित्य पुरस्कार शान्तदास मानन्धरलाई

ramaila-nani-prize-2076

२०७६ असार २४, काठमाडौँ । यस वर्षको रमाइला नानी बालसाहित्य पुरस्कार बालसाहित्य लेखक शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । २१ हजार राशिको उक्त पुरस्कार नानीका कवि कृष्णप्रसाद पराजुलीको ८५ औं जन्मदिवसको अवसरमा आज आयोजित एक समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वितरण गर्नुभयो । कृष्ण साहित्य सदनबाट विगत दुई वर्षदेखि वितरण हुँदै आएको उक्त पुरस्कार अघिल्लो वर्ष राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको थियो ।
उक्त अवसरमा बोल्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बालसाहित्यलाई राज्यले बेवास्ता गर्नाले बालबालिकाको अधिकार हनन भइरहेको धारणा राख्नुभएको थियो । समारोहमा सम्मानित व्यक्तित्व मानन्धरले अहिले राज्यले भीडको र दबाबको मात्र आवाज सुन्ने भएकाले कलिला नानीहरुको उज्ज्वल भविष्यका लागि आवश्यक बालसाहित्य क्षेत्रको विकासमा ठोस काम हुन नसकेको बताउनुभयो । कार्यक्रममा  नानीका कवि कृष्णप्रसाद पराजुलीका सुपुत्र शास्वत पराजुली, समारोहका सभापति प्रा.डा. चूडामडि बन्धु र डा. शैलेन्दुप्रकाश नेपालले नानीका कवि पराजुलीको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Segment: 
Language: