मामाघर Children's Poem by Lalita Doshi

lalita-doshi-2019

जाऊँ आमा ! मामा घर
नगएको धेरै भो
मामाघरको सेल–रोटी
खान पनि बेरै भो

सबै जना माया गरी
सानी नानी भन्थे
माया गरी दिन्थे पापा
मलाई धेरै मान्थे

जाऊँ आमा ! मामाघर
धेरै भयो नगाको
हलुवा–पुरी कुरौनी
धेरै भयो नखाको

नाना किनिदिनुहुन्छ
हजुरबा र आमाले
सुहाउँछ भन्छन् सबै
रातो राम्रो जामाले  ।

Literature: 
Language: