नाच जुरेली Children's Poem by विजय कट्टेल ‘‘छहरा’

jureli-bird-2019

 बिहानी भो आँगनीमा आऊ है जुरेली

 मीठामीठा फलफूल  खाऊ है जुरेली

 बिहानी  भो आँगनीमा........

 

शिरमाथि कल्की तिम्रो सारै राम्रो

 रातो कालो छिर्केमिर्के चरी हाम्रो

  बगैँचामा नाचीनाची खेल  जुरेली

खुसी  हुँदै  भुर्रभुर्र  उड  जुरेली

 

 बिहानी भो आँगनीमा........

मीठामीठ फलफूल ........   

 

 सानासाना   बचराको माया गर्दछौ

 चुच्चोभरि चारो  लगी  पेट भर्दछौ

 भोलि  पनि आँगनीमा आऊ है जुरेली

 नाची नाची यसै गरी गाऊ है जुरेली

 

   बिहानी भो बगैँचामा....................

   मीठामीठा फलफूल ....................

                                                       - कागेश्वरी मनोहरा .पा.–०५, थली, काठमाडौँ

Literature: 
Language: