श्रीराम राई र तारा केसी सम्मानित

sreeram-rai-news

काठमाडौँ– बालसाहित्य लेखक एवम् पत्रकार श्रीराम राई र बालसाहित्य लेखक तारा केसी पुरस्कृत/सम्मानित हुनुभएको छ । लेखक राईले इडन ब्रिज एकेडेमी बालसाहित्य/पत्रकारिता सम्मान पाउनुभएको छ । बालसाहित्य लेखन र बालपत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पुर्याएको योगदानको कदर स्वरुप उहाँलाई यो सम्मान प्रदान गरिएको काठमाडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले जनाएको छ ।

हाल साहित्य लेखन र पत्रकारितामा क्रियाशील राईलाई गत आइतबार दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार प्रदान गरिएको थियो । लेखक राईका ‘टोली नेता’ बालकथा संग्रह २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृतिहरु प्रकाशित छन् । 

यसैगरी उक्त समारोहमा पनौती, काभ्रेकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बालसाहित्य सम्मान प्रदान गरिएको थियो । बालसाहित्यको उत्थान र विकासमा पुर्याएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार सहित सम्मान गरिएको हो । लेखक केसीका ‘तारापुञ्ज’ कविता संग्रह २०६७, ‘फूलबारी’ बालकविता संग्रह २०७०, फिन्को र स्टोरी बालकथासंग्रह २०७४ लगायतका आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

Segment: 
Language: