चङ्गा चेट Children's Poem by रञ्जुश्री पराजुली

kite-poem-by-ranjushree

ठुलासाना रङ्गी चङ्गि

उड्छन् फनफनी 

बत्तीएर उड्छन केही

काट्टिई झर्छन् पनि

 

   हाँगाबीच अल्झीई

   घुम्छन् तन्किई

   भुइँमा  झर्छन्  केही चाहिँ

   धागो काट्टीई

 

बाबा दादा रमाएर

चङ्गा उडाउँछन् 

धागो बलियो बनाउन

माझा दल्दछन् 

 

   दादा बोक्छन् ठूलो लट्टाई

   चङ्गा अड्काई

   सानो भाइ सानो लट्टाई

   चङ्गा  उडाई

 

कका सहित चङ्गा उड्छ

पुच्छर हल्लाई

साथी भाइ रमाई हेर्छन् 

ताली पड्काई

 

   सुरुरु धागो बग्छ 

   चङ्गा बत्याई

   माथि माथि यो नाच्छ

  ढलपल गराई

 

हावा चल्छ हुरुरु

चङ्गा उड्छ फुरुरु

चङ्गा लड्छ अकासमा

धागो काटी खसाई ।

Literature: 
Language: