तिहार Children's Poem by आत्रेय हरि

hari-sir

मखमली सयपत्री, फूल्यो कति राम्रो
महान चाड तिहारले, निम्तो पायो हाम्रो
रङ्गी चङ्गी वत्ति बल्दा, आहा झिलिमिलि
देउसीभैलो खेल्छौ हामी, सव मिलिजुलि
काग, कुकुर गाईलाई, हामी पुजा गर्छौ
मिठो मिठो खान दिई, धेरै माया गर्छौ
दाजु-भाईलाई सप्तरङ्गी,टिका लगाई दिन्छौ
सयपत्री मखमलीको, माला लगाई दिन्छौ
अरू जस्तै तिहार पनि, महान चाड हाम्रो
दिदी-बहिनी, दाजु-भाईको, मिलन् कति राम्रो

"color: #ff0000;"> -

सानोठिमी भक्तपुर ।

Literature: 
Language: