एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मासँग गरिएको कुराकानी

sos-director-ishwori-prasad-sharma

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा विगत ३८ वर्षदेखि एसओएस बालग्राममा कार्यरत हुनुहुन्छ । यस अवधिमा उहाँले २४ वर्ष प्राचार्य भएर काम गर्नुभयो ।
शर्मा स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा वि.सं. २०१८ फागुनमा जन्मनुभएको हो । उहाँ पिता विष्णुप्रसाद उपाध्याय र माता कुलदीपाको जेठो छोरा हुनुहुन्छ । उहाँले जनप्रिय मावि कमेरेमा पढ्नुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालय, युनिभर्सिटी अफ लिड्स, बेलायत र हावर्ड विश्वविद्यालय लगायत शैक्षिक संस्थाहरुबाट उच्च शिक्षाको अध्ययन गर्नुभएको छ ।
केटाकेटी अनलाइन बालअधिकारका लागि बहस शृङ्खलामा यस पटक हाम्री सहकर्मी देवु लुइँटेलले एसओएस बालग्राम अन्तर्राष्ट्रियको ७० औं वार्षिकोत्सवको सन्दर्भमा निर्देशक शर्मासँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
यस भिडियो कुराकानीमा एसओएस बालग्रामको उद्देश्य, यसले नेपालमा गरेका कामहरु, चुनौतीहरु र भविष्यको योजनाबारे एसओएस नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले आफ्नो विचार व्यक्त गर्नुभएको छ ।
अन्तर्वार्ता यो भिडियो लिङ्कमा क्लिक गरी युट्युबमा हेर्नुहोला ।

https://www.youtube.com/watch?v=aCkdTSCFpiQ

 

 

Opinion: 
Language: