हाम्रो इमान देखी झर्दा
घामसगैँ छाया पर्दा ।।
मान्छेबाट मान्छे मर्दा
के हाल अधिकारको कुरा गरेको ?
बाल अधिकारको कुरा, गर्नेलाई सोधे हुन्छ।
उन्कै घरमा काम गर्ने बालकसगँ बुझे हुन्छ
झिस्मीसे उज्यालोमा बालक सधै उठ्ने गर्छ
मार्बल लाको सिङ्गै महल दिनदिनै पुच्ने गर्छ।।
तातो चिया पकाएर ,ओछ्यानमइ पुर्याउँछ।।
चिनी कम भयो भने उस्कै मुखमा हुर्याउँछ।
आत्था ! पोल्यो भन्दै रून्छ,सारा लुगा उस्ले धुन्छ
उस्को कुरा कस्ले सुन्छ ?
बाल अधिकार यस्तै हुन्छ?
कहिलेकाँहि मालिकबाटै बलत्कार हुने गर्छ।।
हुन्न हजुर भन्यो भने अकालैमा मर्नु पर्छ।
सडकका बालकले कहाँ पढ्न पाएका छन् ?
धनाड्यका सन्तान जस्तै कस्ले मिठो खाएका छन् ?
गलैँचालाई बुन्नेहरू कस्ले लेख् न पाएका छन् ?
इट्टा बोक्ने बालकले कहिले राम्रो लाएका छन् ?
सर्पले काचुली फेरे जस्तै यस्ता दिन त आउछन्,जान्छन्।
बाल अधिकार वादीहरू यसैलाई ठुलो मान्छन्।।
के फरक पर्छ यहाँ,बाल अधिकार आए पनि ?
परिवर्तन के भयो त फुस्रा नारा लाए पनि ?
बाल अधिकार आको भए सडक किन भरियोत?
घरधन्दा गर्दागर्दै जिउँदै किन मारियो त ?।।
गरिब दु:खी अनाथले अधिकार पाकै छैन
साच्चो कुरा बोल्ने भए बाल अधिकार आकै छैन।।