के भनूँ ...

sita-subedi-poem-art-by-vector-stocks-2020

लेखक : सीता सुवेदी पन्थी, चित्र : भेक्टर स्टक

आमा, माता, महतारी, मुमा भनूँ कि

सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

नौँ महिना गर्भभित्र वास दिनेलाई

प्रसवको पीडा सही जन्म दिनेलाई

 

     लालनपालन, संस्कार दिई हुर्काउनेलाई

     सन्तानको खुसीसँगै रमाउनेलाई

     लक्ष्मी, सरस्वती जस्तै पूजा गरूँ कि

     सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

 

पिठ्युतिर भारी बोक्दै काख लिनेलाई

मृत्युसँग लडीलडी जीवन दिनेलाई

काँडा बिच फूलिरहने फूल भनूँ कि

सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

 

    फू भोक भोकै हुँदा छाती चुसाई

    सन्तानको खुसी हेर्ने आँसु लुकाई

    उमा, सीता, भवानी दुर्गा भनूँ कि

    सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

 

राम्रो बाटो देखाउने सङ्घर्षकी फूल्

मानव बन्न सिकाउने ज्ञानकी हौ मूल

आमा, माता, महातारी, मुमा भनूँ कि

सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

Literature: 
Language: