कोरोना र परिवर्तन : नेपालमाथि यसको प्रभाव

satya-narayan-article

- सत्य नारायण महर्जन

कोरोना अहिले विश्व प्राथमिक विषय बनेको छ। जताततै कोरोनाको समाचार सूचनाबाहेक अरु सायद नै सुनिन्छन् होला। चीनको वुहानबाट सुरु भएको यो भाइरस अहिले विश्व महामारीमा परिणत भएको छ। तिन महिना अघि मात्र हो यसको सूचना समाचार आएको, चिन सरकार एउटा ठुलो समस्या चुनौतीलाई फड्को मार्दै यसको रोकथामतर्फ लाग्दै गरेको अवस्था छ। त्यतिबेला सायद संसारका अरु देशले यो रोगले त्यति ठुलो रुप लेला भनेर कोसैले सोचेको पनि थिएन होला। तर यो रोगले चीनलाई हल्लाईरहेको अवस्था धेरै नबित्दै यो रोगले युरोप, अमेरिका लगायत अन्य मुलुकमा फन्को मारिसकेको रहेछ। 

चिन सरकार संकटमा परेको बखत अन्य देशहरुले खासै सहयोगको भावना देखाएनन्। कसैलाई पनि यो रोग यत्ति चाडो यात्रा गरेर त्यति ठुलो शताब्दीकै सबैभन्दा ठुलो महामारीको रुप लेला भनेर कल्पना समेत गरेका थिएनन् होला। सायद विश्व स्वास्थ्य संघले सहि समयमै यो रोगको बारेमा पर्याप्त अध्ययन गरि यसको असरको बारेमा पत्ता लगाएको भए सायद अहिले हामि यो अवस्थामा रहनु पर्ने थिएन होला। सायद हजारौँ मानिसहरुले ज्यान गुमाउनु पर्दैन थियो होला।सायद यसरि घरमै बसी बसी दिन काट्ने दिन आउला, आफ्नै घरमा बसी बसी सिंगो देशकै संसारलाई नै सहयोग गर्न पाउने अवसर आउला भनेर पनि सायद कोसीले सोचेको थिएन होला। सायद यसरी डाक्टर नर्सहरु पहिलो सुरक्षाकर्मी बनेर आफ्नो समाज, देश सारा संसार बचाउने जिम्मेवारी आइपर्ला भनेर पनि कोसैले सोचेको थिएन होला। 

भनिन्छ हरेक युद्दले एउटा परिवर्तन लेराउँछ। युद्दको असली भाव असली लक्ष नै शान्ति स्थापनको लागि भएको भनेर भनिन्छ। मेरो दृष्टिकोणमा यस कोरोना पनि एउटा युद्द भन्दा फरक देख्दिन। तेश्रो विश्व यूद्धको नजिकै रहेको भनि कल्पना धेरै विज्ञहरुले गरेका गरेका छन्। समय काल संगै युद्दको मोड त्यसमा प्रयोग गरिने रणनीति फरक हुने गर्दछ। पहिला ढुंगे युगमा मानिसहरुले ढुंगाको सहायताले युद्द गरे। त्यसपछि धनुष वाणको आविष्कार भए पश्चात त्यसबाट युद्द लडे। संगसंगै तरवार, चक्कु जस्ता कुराहरु को प्रयोग गरि युद्द लडी सकेपछि आधुनिक हतियार हरुको आविष्कार भयो, जुन पहिलो विश्व युद्धमा परिक्षणको निम्ति पनि ठुलो भूमिका खेल्यो। दोश्रो विश्वो युद्दमा आइसक्दा सम्म त्यतिबेला, विज्ञानले ठुलो फड्को मारिसकेको थियो। ठुलाठुला एटोम बम, न्युक्लियर हतियारहरुको आविष्कारहरू भैसकेको थियो, जसले गर्दा संसारका लगभग दुई तिहाई मानिसहरुले ज्यान गुमाउनु परेको थियो।

अहिले हामीहरु तेश्रो विश्व युद्दको कुरा गर्दैछौँ। त्यो युद्द कसरि, कहिले कहाँबाट सुरुहुन्छ भनेर मात्र मात्र भन्न सक्दैनौ तर सत्यता इतिहास हेर्दा तेश्रो युद्द धेरै पर जस्तो मलाई लाग्दैन। युद्द अहिले खालि युद्द भूमिमा गएर लड्ने युद्द को समय अहिले रहेन। अहिले विज्ञानले यति ठुलो फड्को फेरिसकेको कि एउटा देशले अर्को देशलाई एउटा स्वीच दबाउँदा को भरमा मात्रै पनि धोस्त पार्न सक्ने क्षमतामा पुगिसकेको छ। अहिले कुन देश कति सक्तिशाली भनेर हेर्ने हो भने त्यो देशको पहिला रक्षा क्षमता कति आर्थिक क्षमता कति भन्ने कुराले दाजिने गरिएको छ। कुन देशले कस्तो न्युक्लियर हतियार बनायो भन्ने कुराको ठुलो चासो राख्दछ।

यसरि हेर्दा के देखिन्छ भन्दा विश्वमा जति पनि शक्तिशाली भनेर चिनिने देश वा राष्ट्रहरु छन्, उनिहरु केवल त्यस्ता हतियार बनाउनका निम्ति नै सबैभन्दा धेरै खर्च गरिरहेका छन्।  कसैले सोचेको पनि थिएन होला सायद यसरि आफ्नो आँखा अगाडी आफ्नो जनताहरु मरी रहेको, हार(गुहार गरिरहेको अवस्थामा पनि सबै पैसा खर्च गर्छु भनेर पनि बचाउन सक्ने स्थिति नहुने खालको अवस्था आउला भनेर कल्पना पनि गरका थिएनन् होला। अहिले कम्प्युटरको जमानामा साइबर युद्द होला बरु भनेर सोच्नसक्ने अवस्था आउने थियो होला, तर यसरी ठुलो संख्यामा मानिसहरु रोगले मर्दा ईश्वर संग प्राथना गर्नुबाहेक को अरु विकल्प भएन। मानिसहरुले यति धेरै वैज्ञानिक आविस्कार गरिसकेका छन् जुन चमत्कार जस्तै लाग्छ तर त्यही भिडमा कहिले काहिँ नकारात्मक सोच भएका मानिसहरुको पनि कमि नहुने भन्ने हुँदैन। मानिसहरुले विभिन्न प्रकारका खोज आविस्कार गरि ति खोजलाई पशु पंक्षीहरुमा परिक्षण गर्ने क्रम व्यापक बढेको छ। सो परिक्षण नयाँ(नयाँ औषधिहरु बनाए पश्चात त्यसको स्वीकृतिको निम्ति मानिसमा परिक्षण नगरी पारित हुँदैन तसर्थ विकसित कहलिएका मुलकहरुले नै अविकसित वा बिकासको क्रममा रहेका देशका मानिसहरुलाई परिक्षण गर्ने गर्दछन् सो पश्चात मात्र उक्त औषधिको प्रभाव असरलाई हेरी सो औषधिलाई प्रयोगमा ल्याउन दिने वा नदिने भनि स्वीकृति दिइन्नछ।

यो कोरोना पनि सायद युद्द जस्तै नै किनकि यो रोगलाइ हेर्दा यो आफैँ आएको रोग भन्दा पनि कहिँ कतै यो भाइरसको आविस्कार गरि परिक्षणको क्रममा कहिँ कतै चुक्दा यो फैलिएको हुनुपर्छ वा सायद मानिसहरुले पारेको प्राकृतिक असरलाई साम्य पार्नको लागि पनि यो आएको होला भनेर भन्न सकिन्छ। यो यसो हेर्दा प्रकृति आफैँले चालेको कदम भन्नु कि ईश्वरले निम्त्याएका भनेर भन्नु रु यसमा आफ्ना आफ्नै विश्लेष्ण होलान तर यस विषयमा यो जे सुकै हो यसले अकल्पनीय रुपमा ठुलो रुप लिसकेको छ। त्यसैकारण यो कोरोना भाइरस एउटा परिवर्तनको ढोका जस्तै छ।

कोरोनाको प्रकोप सारा संसारमा फैलिरहेको अवस्थामा नेपालमा पनि यसको प्रभाव सोहि अनुरुप परेको छ यद्दपी नेपाल अहिले हाल लाई अरु देशमा जस्तै मानिसहरु मारिरहेको देख्नु पर्ने अवस्थामा पुगिसकेको छैन। नेपाल सरकारले सायद केहि ढिला कदम चाले पनि अहिले गरिरहेको प्रयास उल्लेखनीय नै छ। सायद सरकारले लक् डाउन को घोषणा केहि पहिले नै गरेको भए वा सिमानामा कडा सुरक्षा तैनाथ गरि सोहि अनुर्प पो परिक्षण प्रक्रियालाई बढावा दिने कदम चालेको भए नेपालमा कोरोना भित्रिदैना थियो होला। तर राम्रो सकारात्मक कुरा के रहेको भन्दा जो जति मानिसहरु कोरोना संक्रमित छन्, उनीहरुलाई पहिचान गरि क्वारेन्टाइनमा पठाइसकेको छ। यी कुराहरु सरकारले गर्दै आएको जसमा हामि सबै आम नागरिक को दायित्व भनेको नै सरकारको निर्देशनलाई पालन गरि घरमै बसी बाहिर ननिस्कि, कोरोना संक्रमण हुनु बाट बच्नु हो। यो अवस्थालाई हेर्दा सबै ठप्प देखिन्छ, जताततै सुनसान भएको महसुस हुन्छ तर यो सन्नाटा नै एउटा परिवर्तन निम्त्याउन लागि होकी भनेर पनि भन्न मिल्छ।

परिवर्तनलाइ हेर्दा हामीहरुले नकारात्मक सकारात्मक दुवै पक्षलाई हेर्नु पर्ने हुन्छ। सर्वप्रथम राजनैतिक परिवर्तन हेर्ने हो भने, यो अवस्था भनेको सरकारलाई एउटा चुनौती पनि हो संगसंगै ठुलो अवसर पनि। चुनौती किन हो भन्दा सारा विश्व नै हार मानि सकेको रोग नेपाल भित्रि सकेको छ। यसको रोकथाम कसरि गर्ने यसलाई थप ठुलो रुप लिन नदिन के कस्तो कदम चाल्ने भन्ने ठुलो चुनौती रहेको छ। त्यति मात्रै नभई यदि नेपालमा पनि यो करोना भाईरसको संक्रमण बढ्यो ठुलो रुप लियो भने नेपालमा यसको रोकथाम हुने कुनै पनि अवस्था हुनेछैन। तसर्थ सत्ता पक्षमा रहेका मन्त्रि तथा पदाधिकारीलाई यो अहिले ठुलो चुनौती को रुपमा रहेको छ।

विपक्षी दललाई पनि कहीं कतै बाट आफ्नो प्रभाव देखाउन नसकेमा , भोलिका दिनमा आफुलाई सत्तामा आउन मुस्किल पर्ला कि भन्ने पनि चुनौती रहेको तर यो अवस्था भनेको पक्ष विपक्ष भनि हेरिनु भन्दा पनि मानवताको दृष्टिकोण बाट हेरी कार्यहरु बढाउनु पर्ने समय हो। अवसरलाई यदि हेर्ने हो भने यस महामारीले गर्दा सरकारलाई के अवसर भन्दा, यदि यो समयमा उचित निर्णय लिई उचीत कार्य गर्न सके, जनतको विश्वास जित्ने अवसर छ। यो अवस्थामा सरकारले आफ्नो रोकिएका कामलाई पूर्ण विस्तृत रुपमा केलाउने समय पाएको छ। सबैभन्दा ठुलो चुनौती यस महामारी पश्चात जुन अवस्थामा सिंगो देश लाइ फेरी स्वभाविक रुपमा फर्काउनु पर्ने हुन्छ त्यो नै चुनौती ठुलो हो जस्तो लाग्छ, येदि कोरोना पश्चात नेपाल लाइ कस्तो कुन ढंग बाट लाने भन्ने नीति सरकारले बनाएर सो काम गर्यो भने यस सरकार सायद इतिहास लेख्ने सरकार पनि हुन सक्ने अवसर रहेको छ।

आर्थिक दृष्टिकोणबाट हेर्दा पनि कोरोना ले निकै नै ठुलो धक्का दिएको छ। उद्धम्कर्मी मात्र नभई मजदुर, कामदार सबैलाई यसको उत्तिकै प्रभाव परेको छ। चुनौतीलाई हेर्दा संसार अर्को ठुलो आर्थिक डुबानमा परेको छ। ९इकोनमिक डिप्रेसन० त्यसको असर नेपाल लाइ पनि परेको तर यसो हेर्दा नेपाललाई जति अरु बिकसित मुलुकहरुलाई असर पर्छ, त्यति धेरै असर पर्छ जस्तो लाग्दैन, किनकि नेपालको आर्थिक अवस्था समान बाहिर पठाउने भन्दा पनि भित्र्याउने अर्थतन्त्र हो। जसका कारण यसले घाटा भन्दा पनि नेपालबाट बाहिरिने मुद्रन को बचाउ भएको देखिन्छ। तसर्थ यस अवस्थाले गर्दा संसारमा ठुलो आर्थिक अवस्थामा फड्को लिने जसका कारण नेपाल ले पनि एउटा पकड बनाउन सकेमा यो नै हाम्रो देशको उद्य्नको किरण रहेको देखिन्छ। त्यसैकारण कोरोनाएउटा रोग मात्र नभई परिवर्तन जस्तो मान्न सकिन्छ।

शैक्षिक क्षेत्रमा पनि सायद स्वास्थ सम्बन्धि विषयमा सरकारले सोहि अनुरुपको अध्यन अध्यापन गर्ने व्यवस्था, नीति ल्याई सक्षम डाक्टर स्वास्थकर्मी हरुको उत्पादन गर्ने सोच सायद यस महामारीले सिकाएको जस्तो लाग्छ। यो अवस्थाबाट जति पनि निजि महंगा अस्पताल छन्, उनिहरुलाइ सरकारले निर्देशन जारी गरि उचित रकममा सेवा प्रदान गर्ने, हाम्रो देशमा छात्रवृति को सुविधा लिई पढेकाहरुलाई देशकै सेवामा खटाउने, सरकारी डाक्टरहरुलाई उचित पारिश्रमिक दिई हरेक जिल्लामा खटाउने जस्ता निति निर्माण गर्ने अवसर अहिले सरकारलाई रहेको छ। यस महामारीले हाम्रो स्वस्थस्तर त्यसको उपचार व्यवस्था कहाँ कुन अवस्थामा रहेको छ भन्ने कुरालाई यसले स्पष्ट पारिदिएको छ। सायद सरकारले उचित निर्णय, लिई नीति, नियम बनाउने हो भने यस स्वस्थ सम्बन्धि शैक्षिक एवम सेवा प्रणालीलाई परिवर्तन गर्ने उचित अवसरको समय रहेको छ।

 त्यस पश्चात भूमिगत रुपमा गर्नु पर्ने विकासहरु लाई हेर्दा अहिले सरकारले गरेको काम निकै राम्रो रहेको , यो समयको सदुपयोग गर्दै सरकारले सडक व्यवस्थापन गर्ने सुनौलो अवसर पायो जसको सदुपयोग गरि सरकारले काठमाडौँ को धेरै जसो सडकहरु कालो पत्रे गर्ने, रंग लगाउने जस्ता आदि काम गर्ने अवसर पायो। यसरी यदि यो समयलाई नकारात्मक मात्र नभई सकारात्मक रुपमा हेर्ने हो भने विकासका बाटो हरु धेरै रहेका देखिन्छन्। सरकारले आफ्नो आर्थिक बजेटमा स्वास्थ्य सम्बन्धि पनि अबका दिनमा केहि बढी खर्च छुट्टाउला कि भन्ने आश गर्न सक्छौं। यस महामारीले गर्दा हाम्रो देशमा विकासको मात्र कुरा होइन कि, अहिले प्राकृतिक रुपमा पनि सौन्दर्यता छाएको छ। कल कारखाना, गाडी, इन्धन बाट निस्किने धुवाँ धुलोको कमि भए संगै, काठमाडौँ अहिले फेरिएको , चरा चरुंगीहरु फेरी देखा पर्न थालेका छन् तसर्थ यो एउटा प्रकोप मात्र नभई मानव जातिले गरेक जुन विनास त्यसको परिवर्तन को रुपमा आएको हो भन्न सक्छौँ।

अन्तत यो एउटा हतियार बाट लडिने युद्द नभई स्वास्थ्यकर्मी चिकित्सकहरुद्वारा लडिदै गरेको युद्द हो। यो सायद एउटा देशले अर्को देशलाई सिध्ह्यौना सत्ता प्राप्त गर्न को लागि भएको युद्द हो वा प्राकृतिक रुपमा मानवताले निम्त्याएको विनासलै रोक्न आएको महामारी हो यो आफ्नो आफ्नै व्याख्या होला। जवसम्म यस महामारीको उपचार पत्ता लाग्दैन, त्यतिबेला,सम्म हामीहरुले सरकारलाई साथ दिनै पर्छ। रातदिन खटेर काम गर्ने स्वास्थ्यकर्मी, चिक्तिसक, विज्ञहरु, सुरक्षाकर्मी लगायत आफ्नो आफ्नो दाइत्व पुरा गरि रहनु भएका सम्पूर्ण व्यक्तिलाई सबैले हौसला प्रदान गर्नु पर्छ। यस महामारीले अझै कस्तो अवस्था निम्त्यौला भनेर भन्न सकिंदैन तर यसको अन्त्यमा यदि साँची नै नेपाल ले विकास गर्ने हो भने परिवर्तन गर्ने हो भने यो एउटा सुनौलो अवसर हो। त्यसकारण कोरोना भाइरस महामारी मात्र भनि नसोची एउटा अवसर , चुनौती संगसंगै परिवर्तनको पाटो समेत रहेको भनेर हामीहरुले बुझ्नु जरुरि छ।

Opinion: 
Language: