आज नागञ्चमी नागपूजा र हाम्रो संस्कृतिबारे केही कुरा जानौँ

nag-raja-ki-jaya

 

हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं । कोहीकोहीचाहिं विभिन्न शैलीका नागका चित्रहरू टाँसी पूजाआजा गर्दछौं ।

नाग पूजामा हामी नागहरूलाई दूध, दूबो, नैवेध, फलफूल, दक्षिणा चढाएर धूपबत्ती बालेर विधिपूर्वक नाग स्तोत्र पढ्छौं र घरका लागि वर्षदिनसम्म सुरक्षा, शान्ति र समृद्धि मिलोस् भनेर नागराजसँग आसिक माग्दछौं ।

यसरी घरमा नागको चित्र टाँस्नाले मेघ हावा र अग्नी आगोको डर हुँदैन भन्ने लोकविश्वास पनि रहिआएको पाइन्छ ।

हामीले पूजा गर्ने प्रमुख नागहरू १२ वटा छन्, ती निम्नानुसार हुन् – १. अनन्त २. वासुकि ३. शेष ४. पद्म ५. कम्बल ६. कर्कोटक ७. अश्वतर ८. धृतराष्ट्र ९. शङ्खपाल १०. कालीय ११. तक्षक र १२. पिङ्गल ।

Segment: 
Language: