दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डेको प्रतिभा

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डे मनछुने गीत गाउँछन् प्रोसेस पाण्डे लेबरोटरी स्कुल, कीर्तिपुर, काठमाडौँमा पढ्छन् । उनी दृष्टिविहीन बालक हुन् । १२ वर्षका प्रोसेस गायनमा विलक्षण प्रतिभा हुन् । उनले कार्तिकेय बालप्रतिभा पुरस्कार र नई बालप्रतिभा पुरस्कार प्राप्त गरेका छन् । संगीत शिक्षक रमेश सुवेदीको साथले गायनमा चम्किलो भविष्य भएका साना कलिला गायक प्रोसेसलाई लेखक कविता पराजुलीले पहिलो गीत रेकर्ड गर्ने अवसर प्रदान गर्नुभयो । उहाँको सहयोगमा प्रोसेसले उहाँले नै रचना गर्नुभएको आमा सम्बन्धी सुन्दर गीत गायका छन् ।

Segment: 
Language: