लकडाउनमा चोर

art-by-nayan

- कार्तिकेय

पहिलो दिन

ढोका लगायौ बुढी ? बुवाले सोधे

 लगाएँ बाबा लगाएँ, कति धेरै डराएको ?” आमाले झर्किदै भनिन्

होइन, लकडाउनको बेला चोरी बढेको अनि सम्झाएको नि !” बुवाले सानो स्वरमा भने

छेउमै खेलिरहेको वर्षको नयनले पल्याकपुलुक आमाबुवा दुवैलाई हे¥यो सायद चोर को होला ? भन्ने कुरा सोचिरहेको थियो

कति किताब पढेको पुग्यो अब सुतौँ यो बाउछोरा दुवैले किताब पढ्न खेल्न पाएपछि सुत्नै बिर्सेलान् जस्तो आमाले रिसाउँदै भनिन्

त्यसो होइन, यो खालीद होसेनीको दी काइट रनर कथा पढेको नि ! गजब राम्रो रहेछ छोड्नै मन लागेन अब अलिकति मात्र बाँकी है बुवाले भने

अनि छोरो केटो के गर्दै हुनुहुन्छ नि ?” आमाले नयनतिर हेर्दै सोधिन्

चोर बनाएको !”  किरिङमिरिङ यताउता धर्का कोरेको चित्र देखाउँदै नयनले भन्यो चित्रमा उसले डराएको आँखा भने स्पष्ट बनाएको थियो

चित्र हेरेपछि बच्चा नयनलाई अँगालो मार्दै आमाले भनिन्नडराऊ सानू चोरसोरले केही गर्दैन मामू छँदैछु नि !”

दोस्रो दिन

होइन हो कान्छा आज चोरले मेरो १२ हजारको जुत्ता चोरेछ नि !”

बिहान चिया पिउँदै गर्दा कमल काकाको बोली सुनियो

हो काका ? जुत्ता नि चोर्न थाले अब चोरले ?” बुवाले भने

हो बाबु, नयाँ जुत्ता थियो छोरोले मरिहत्ते गरेर हिजै ल्याएको लग्यो बजियाले कमल काकाले रिसाउँदै भने

होइन हो बुढा चोरको नि कति कति बिगबिगी भएको हाम्रो टोलमा आमाले दुःख पोखिन्

कोरोनाको लकडाउनमा धेरैको कमाइ खाने बाटो गुमेको खै के भनौँ बुढी जुत्ता नै चोर्न चोर आयो भन्दा मलाई नि अलिअलि बढी डर लाग्न थाल्यो है बुढी ! भोलि नै गएर यी केही गहना नि बैंकको लकरमा राखी हाल है !” बुवाले अलि डराउँदै भने

नयन बिहानको खाजा दुधु चोकोज खाएर बसिरहेको थियो उसले आफूछेउमै रहेको गुडिया बोकेर आमाको हातमा राखिदिँदै भन्योयसलाई नि लाकरमा राखिदिनू है !”

आमा बुवा दुवैले एक अर्कालाई ट्वाल्ल परेर हेरे

आमाले चप्प माया गर्दै नयनलाई अँगालेर भनिन्हस् छोरा, भइहाल्छ नि ! बाबुको खेलौना गुडियालाई नि लाकरमा राख्ने नि    है ?”

नयन फिस्स हाँस्यो

तेस्रो दिन

लौन नि ढोका खोल्नुस् कृष्ण दाइ !

को आयो एकाबिहानै कराउन ? बुवाले फतफताउँदै ढोका खोले

ढोकामा सुरोज भाइ आँखाभरि आँसु पारेर उभिएका थिए  

के भयो भाइ ? किन रोएको नि ?” बुवाले सोधे

मेरो सुकाएको ठाउँबाट दुई जोर लुगा चोरी भएछ नि दाइ ! किन्ने पैसा नि छैन कोरोनाले जागिर नि गइहाल्यो के गर्ने दाइ ? बर्बाद भएँ

बुवाले आफ्ना एक जोर पाइन्ट सर्ट दिएर सुरोज भाइलाई पठाए

मलाई लुगा नै चोर्न पनि चोर आयो भन्दा झन् बढी डर पो लाग्न थाल्यो है बुढी ! घरमा भएका केही नगद पैसा नि भोलि नै लगेर बैंकमा राखिहाल है ! सेवाबाट काम चलाउनु पर्छ अब बुवाले डराउँदै भने

नयन ढुइँढुइँ गाडी खेल्दै बसेको थियो खुर्र दौडेर सुत्ने कोठामा गयो टेबुलमुनिबाट आफ्नो खुत्रुके बोकेर ल्याएर उसले आमाको हातमा राख्दै भन्योमेरो मनीलाई नि लाखिदिनु है !

आमा बुवा दुवैले एक अर्कालाई ट्वाल्ल परेर हेरे

बाबाले माया गर्दै नयनलाई अँगालो मारेर भनेहस् छोरा, भइहाल्छ नि भोलि आफैँ बैंकमा गएर राख्छु नि है !”

नयन फिस्स हाँस्यो

यसरी दिनहरु बित्दै गए हरेक दिन नयनले चोरको बारेमा केही केही सुन्दै गयो

शुक्रबारको दिन

सुत्ने बेला भएको थियो नयन ओछ्यान छेउमा खेलिरहेको थियो बुवाले दुःखी हुँदै भनेयो चोरले गर्नुसम्म गर्यो बुढी कति दुःख दिएको होला ?

त्यही बाहिर राखेको केही देख्नै नहुने भो भन्या !” आमाले रिसाउँदै भनिन्

नयनले जुरुक्क उठेर आफ्नो सानो रंगीन नयाँ बल बोकेर ल्यायो अनि बाबाको कम्प्युटरको घर्रा खोलेर फुत्त भित्र हाल्यो घर्रा लगायो

यो देखेर बुवा आमा दुवै फिस्स हाँसे

लौ अब सुतौँ छोरा भोलि बाउ छोरा बिहान उठेर मर्निङ वाक जानुपर्छ नि है !” बुवाले नयनलाई ढाप मार्दै भने

हाम्रो घरछेउको चौरमा गएर  को जिती को जिती’ खेल्ने नि है !” नयनले खुसी हुँदै भन्यो

हुन्छ, भइहाल्छ नि ! भोलि जित्छु है ?” बुवाले भने

हुन्न जित्न दिन सक्दिन है केटा !” नयनले भन्यो

नयनको जवाफ सुनेर आमा खितित्त हाँसिन् । बुवा पनि हाँसे अनि नयन पनि हाँस्यो  

शनिवारको दिन

बाबा ! ऐ बाबा !! एक हप्ताभरि चोरेर हैरान पार्ने त्यो चोरलाई टोलका केटाले समातेर चौरमा बाँधेका रहेछन् है !” सबेरै मन्दिर गएर फर्किएकी आमाले आतिँदै बुवालाई भनिन्

नयन बुवा आमा आउनासाथ मर्निङ वाकमा जाने सल्लाह गरेर तयार भएर बसेका थिए

 हो आमा !” यति भनेर नयन चौरतिर दौडियो

बुवा पनि बाबु विस्तारै है विस्तारै भन्दै उसको पछिपछि दौडिए

नयन हस्याङफस्याङ गर्दै चौरमा पुग्यो चौरमा टोलका छिमेकीहरुको भिड थियो भिडलाई ठेलेर नयन भित्र पुग्यो

त्यसपछि अचानक नयन चिच्याउँदै करायोबाबा ! चोर भनेको मान्छे पो रहेछ !!”

भिडका सबै जना उसलाई हेर्दै गलल्ल हाँसे

नयन बुवाको हात समातेर उभियो उसले खम्बामा बाँधेको चोरलाई क्वाक्वारती हेर्यो ।

चोरको गालामा घाउ थियो मुखबाट रगत आएको थियो

एकछिनपछि खै के सोचेर हो नयन अगाडि बढ्यो चोरको नजिक गयो उसले चोरलाई बाँधेको डोरी खोलिदियो

होइन के गरेको यो बाबुले ?” भिडबाट कमल काकाले कराउँदै  भने

चोरले यताउति हे¥यो त्यसपछि बेतोडसँग दौडिँदै त्यहाँबाट भाग्यो

लौ हेर कृष्णको छोराले गर्दा आज बल्लतल्ल समातेको चोर उम्कियो !” काकाले कराउँदै भने

कस्तो नमज्जा भयो त्यसलाई पुलिसले लौरोले पिटेपछि सामान कहाँ भन्थ्यो कि !” युवाहरुले भने

चोर भागेकोमा चौरमा जम्मा भएका सबै जना थकथक मान्दै पछुतो गर्दै गफ गर्दै बसेका थिए तर १० मिनेट पछि अचम्मै भयो त्यो अघिको चोर एउटा ठुलो बोरा बोकेर लमकलमक गर्दै चौरमा आयो उसले ग्वाँग्वाँ रुँदै चौरमा बोराको सामान खन्याइदियो सामान चोरिएका टोलका सबै मान्छेहरुले एकएक गर्दै आआफ्नो सामान लिए

त्यसपछि नयन घुक्कघुक्क रुँदै गरेको चोरको छेउमा गयो उसले आफ्नो खल्तीमा हात हालेर एउटा चोकोफन चकलेट निकाल्यो चोरको हातमा राखिदियो चोर नयनलाई क्वारक्वारती हेर्दै झन् जोडले हिक्कहिक्क गर्दै रुन थाल्यो

एकछिनपछि त्यहाँ अचम्म भयो चोरलाई पिट्ने हातहरुमा बिस्कुट चकलेट देखिए सबैले चोरको अगाडि खानेकुरा राखिदिए ठिक त्यतिबेला नि “बाबा बाबा ..” भन्दै एउटा वर्षको बच्चा कुदेर आयो त्यहाँ भएका सबैले अचम्म मान्दै त्यो बालकलाई हेरे

कसको हो यो बच्चा ?” कमल काकाले ठुलो स्वरमा कराउँदै भने बच्चा खुरुरु  दौडिँदै गएर त्यो चोरको काखमा बस्यो बुवाको अगाडि खानेकुरा देखेर लोभियो अनि पकापक खान थाल्यो उसले खाएको हेर्दा लाग्थ्यो धेरै भोकाएको थियो एकछिनपछि एउटा खुट्टा काटिएकी महिला वैशाखी टेक्दै आइन् उनले बोरामा बिस्कुट चकलेट टिपेर हाल्न थालिन्

नयनले घर जाने बेलामा पुलुक्क चोरलाई हे¥यो चोरले एउटा बिस्कुट चकलेट नयनको हातमा राखिदियो नयनले अप्ठ्यारो मान्दै बाबालाई हेर्यो ।

हुन्छ लेऊ दाजुको उपहार हो !” बुवाले भने

त्यसपछि नयन बाबाको हात समातेर घरतिर लाग्यो घरतिर जाँदै गरेको भिडका सबैले हेरे सबैभन्दा बढी ध्यान दिएर त्यही चोर बाउले हेर्यो ।

आजकल नयनको टोलमा त्यो चोरको परिचय फेरिएको एउटा सानो छोराको पिता एउटी अपाङ्ग श्रीमतीको पति बनेको अब पनि एउटा असल टोलवासी बनेको

(प्रकाशोन्मुख बालकथा संग्रह ‘लकडाउनमा चोर र अरु बालथा’ बाट साभार)

Literature: