आमा Children's Poem by  रामविक्रम थापा

Ram-Bikram-Thapa-2021

महान आमा ममता खानी

विशाल आत्मा समता दानी

उच्च नाता अनि यो पवित्र

देख्छु माता मनमा सचित्र

 

दुखेर आफू पनि हाँस्न सक्ने

दया माया सब साँच्न सक्ने

अपूर्व आस्था जननी धरामा

भिजेर सारा मनको जरामा

 

मूल जस्तै महिमा अपार

फूल जस्तै जनमा पियार

कष्ट मान्ने दिक्क मान्ने

चिसो तातो सब ठिक्क जान्ने

 

हिमाल जस्तै सुकिलो सान

दिएर माया मुटुकै समान

हिमाल जत्रै ममता अग्लो

समुद्र जस्तै जल जो सग्लो

               श्री सरस्वती मा.वि. दिक्तेल,खोटाङ

ज्ञान, चेतना मनोरञ्जन प्रदान गरी सकारात्मक मार्गमा हिँडाउँदै बालबालिकालाई भविष्यका कर्णधार बनाउनका लागि अतिरिक्त आत्मसन्तुष्टि प्राप्त गर्नका लागि बालसाहित्य लेख्छु साहित्यतिर बालबालिकाको अभिरुचि बढाउनु पनि बालसाहित्य लेखनको मेरो उद्देश्य हो भन्नुहुन्छ लेखक रामविक्रम थापा

रुपाकोट मझुवागढी, खोटाङमा स्थायी बसोबास गर्नुहुने लेखक थापाका छरिएका कविता, बालपोष, राम्रो बानीट्याम्केको  घुघाम, सुनपातालको सुनझाँक्री, आकाशको बन्चरो लगायत कृतिहरु प्रकाशित छन्

Literature: 
Language: