भानु तिम्रो सम्झनामा Children's Poem by आरभ निरौला

aarav-2021

 भानु तिम्रो सम्झनामा आज

एउटा कविता लेख्दैछु

तिम्रो चित्र आँखा अघि

झल्झली देख्दैछु

 

कालो बिर्खे टोपी

ढल्केको माथमा

रातो टीका निधारमा

रामायण हातमा

 

घासिको वचन सुनी

लोकको गर्न भलाई

थाम्यौ हातमा कलम

मस्तिष्कमा ज्ञान फलाई

 

लेखेर रामायण नेपालीमा

पुर्यायौ सबै माझमा

सबैको मनमा बसेर तिमी

अस्तायौ एक साझमा

 

सम्झेर तिमीलाई आज

चढाउँछु श्रद्धा सुमन

साहित्यका चम्किला तारा

तिमीलाई हार्दिक नमन  

(आरभ निरौला एल. आर. आई. स्कुलमा कक्षा मा पढ्छन् उनलाई कविता लेख्न, कथा पढ्न चित्र बनाउन मनपर्छ)

Literature: 
Language: