कथालेखन प्रतियोगिता सम्पन्न

nisarg-school-advertise

काठमाडौँ, साउन / निसर्ग बाटिका स्कुलको आयोजनामा अन्तर विद्यालय कथालेखन प्रतियोगिता सम्पन्न भएको प्रतियोगितामा ११ विद्यालयका कक्षा     मा अध्ययनरत २४ विद्यार्थीले भाग लिएका थिए

एल. आर. आई. स्कुल, राजर्षि गुरुकुल स्कुल, युरो स्कुल, रिब्स स्कुल, जोन डेवी स्कुल, आलोक विद्याश्रम, नेशनल क्रियटिभ कोएडुकेशनल स्कुल, दि एक्सेलसिएर स्कुल, संस्कृति इन्टरनेशनला स्कुल, अक्षरा स्कुल निसर्ग बाटिका स्कुल सहभागी भएको यस प्रतियोगितामा वरिष्ठ बालसाहित्य लेखक सम्पादक कृष्णदीप सिग्देल, कार्तिकेय घिमिरे अचला ढुङ्गेलको तीन सदस्यीय निर्णायक समितिले जना विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो पुरस्कृत हुने विद्यार्थीहरुमा प्रशंसा थापा, एल. आर. आई. स्कुल (कथावस्तु), रुबि पङ्गेनी, अक्षरा स्कुल (भाषाशैली), अर्णव खत्री, जोन डेवी स्कुल (रचनात्मक सिप), यशश्वी श्रेष्ठ, संस्कृति इन्टरनेशनल स्कुल (परिवेश) लिजला शाक्य, निसर्ग बाटिका स्कुल (पात्र) रहेका छन्

प्रतियोगिताको निस्पक्षताका लागि विद्यार्थीहरुले कथा रचना गरेको हस्तलिखित पृष्ठमा प्रतियोगीको नाम विद्यालयको नाम उल्लेख नगरी कोड नम्बर समावेश गरी निर्णायकहरुलाई पठाइएको थियो तीन जना निर्णायकले सहभागीको लेखन सामग्री प्रिन्ट गरी आआफ्नो घरमै बसेर मूल्याकंन गरी पठाएको नम्बरलाई मिलाई तीन जना निर्णायकको नम्बर जोड्दा सबैभन्दा बढी नम्बर ल्याउन सफल विद्याथीहरुलाई विधामा पुरस्कृत गरिएको

अनलाइन जुममा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै निसर्ग बाटिका स्कुलका प्रिन्सिपल कामना रेग्मीले यस्ता प्रतियोगिताले बालबालिकाको नेपाली भाषा लेखनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो

कार्यक्रम निसर्ग बाटिका स्कुल नेपाली विभागको संयोजनमा सम्पन्न भएको थियो

Segment: 
Language: