बालमन्दिर             – कार्तिकेय

kartikeya-2021

 

जून प्यारो आकाशलाई, आकाश प्यारो जूनलाई

धन्य भन्छौ हामी सबै, बालमन्दिरको गुनलाई

 

तिम्रो साथ पाए लाग्छ फूल बनी फुल्छौँ

तिम्रो काख पाए लाग्छ, भाग्यमानी हुन्छौँ 

सुख दुख जे परे नि शिखरतिरै लम्कौँ

तिम्रो माया पाई हामी आकाशमा चम्कौँ

 

जून प्यारो.....

 

धाइआमा, तिम्रो माया अमृतझैँ लाग्छ

तिम्रो साथ पायौँ भने आकाश छुन्छौँ लाग्छ 

हाम्रो लागि तिमी नै हौ, जून-तारा लाख

बाँचुञ्जेल पाइराखौँ, न्यानो तिम्रो काख

Literature: 
Language: