असल साथीको सङ्गत

Arun-Nadi-Khatri-2021

 अरुणबहादुर खत्रीनदी

          कुनै एक गाउँमा आमा छोरा बस्थे छोराको नाम महेश थियो महेश पढाइमा एकदमै मेहेनती थियो महेशको शील स्वभाव पनि असाध्यै राम्रो थियो महेशको आमाले एउटा आँखाले देख्नु हुन्थ्यो एउटा आँखा देख्नु हुन्नथ्यो महेशले आफ्नो आमालाई असाध्यै  राम्रो व्यवहार  गर्थ्यो आमाले भनेको कुरा सबै मान्ने गर्थ्यो । आमाले पनि महेशलाई असाध्यै माया गर्नु हुन्थ्यो     

          आमाले एउटा आँखाले केही देख्नु नभएपछि उसलाई धेरै पढेर आँखाकै डाक्टर बन्ने ठूलो इच्छा भयो विद्यालयमा गएर उसले राम्ररी पढ्ने गर्दथ्यो विद्यालयमा उसलाई पढाउने गुरुहरुले दिएको गृहकार्य पनि घरमा पुगेर खाजा खाएर तुरुन्तै गर्दथ्यो कक्षामा उसलाई कसैले उछिन्न सक्दैनथ्यो कक्षामा पढाइमा सबैलाई जितेर प्रथम हुने गर्दथ्यो प्रत्येक कक्षामा पहिला हुन सकेकोले उसले पढ्ने फि कहिल्यै तिर्नु पर्दैनथ्यो साथीहरुले उसलाईफस्टब्वाइपनि  भन्थे साथीभाइसंंग मिल्ने उसको स्वभाव भएकोले पनि उसलाई कक्षामा सबैले माया गर्दथे महेशलाई सबै शिक्षकहरुले मन पराउनु हुन्थ्यो घरमा आमालाई उसले आफूले गर्न सकेको काम गरेर ठूलो सहयोग पुर्याउँदथ्यो   

          विद्यालयको वार्षिक उत्सव मनाउन लाग्दा हुने वादविवाद प्रतियोगितामा पनि महेशले भाग लिने गर्दथ्यो प्रथम भएर विद्यालयको वार्षिक  उत्सवको दिनमा पुरस्कार पाउथ्यो महेशसंगै एउटै कक्षा पढ्ने साथीको नाम विनोद थियो विनोद भने पढ्न धेरै अल्छी गर्दथ्यो विद्यालयमा गुरुहरुले दिएको गृहकार्य पनि कहिले गथ्र्यो कहिले गर्दैनथ्यो तिमीले गृहकार्य सधैँ किन गर्दैनौ भन्दा मलाई पढ्न गृहकार्य गर्न साह्रै अल्छी लाग्छ भन्दथ्यो महेशले विनोदलाई हामी अल्छी कहिल्यै हुनु हुदैन भनेर बेला बेलामा सम्झाउने गर्दथ्यो हामीले पढ्न विद्यालयमा गुरुहरुले दिएको गृहकार्य घरमा गएर गर्न अल्छी मान्नु हुदैन नि अल्छी मान्यौ भने हाम्रै भविष्य बिग्रन्छ भविष्यमा ठूलो मान्छे बन्न सक्दैनौ महेशले भन्दथ्यो

          महेशले त्यसो भनेपछि महेशले भनेको कुरालाई सही मानेर विनोदले त्यसदिन देखि मेहनतीसाथ पढ्न गृहकार्य गर्न थाल्यो विनोदले आफूले नजानेको कुरा गुरुहरुलाई सोध्दथ्यो कहिले काही महेशसंग  पनि आफूले नजानेको कुरा सोध्ने गर्दथ्यो विद्यालयको पढाइ सकेर महेश विनोद उच्च शिक्षाका लागि शहरमा गई एउटै क्याम्पसमा भर्ना भएर राम्ररी पढ्दै गएर महेशले एम.बी.बी.एस. पढ््न नाम निकालेर छात्रबृत्ति पायो भने विनोदले गोरखापत्र दैनिकमा आयोगको विज्ञापन प्रकाशित भएको थाहा पाएर दरखास्त दिएर लिखित परीक्षा अन्तर्वातामा नाम निकाल्न सकेर सरकारी अधिकृत हुन  सक्यो एम.बी.बी.एस. को पढाइ सकेर महेश आँखाकै डाक्टर बन्न सफल भयो आँखाको डाक्टर बनेपछि महेश आफ्नै गाउँमा गएर गाउँको स्वास्थ्य चौकीमा काम गर्न थाल्यो आफ्नो आमाको आँखाको उपचारका साथै अप्रेसन गरेर आमाले नदेख्ने आँखालाई देख्ने बनायो

          आमाको दुबै आँखाले देख्ने भएपछि आमा साह्रै खुसी हुनु भयो आफूले जन्माएको छोरा धेरै पढेर डाक्टर बन्न सकेकोमा आमालाई खुसी नलाग्ने कुरै भएन आफूसगै पढ्ने मिल्ने साथी विनोदको पढाइ बिग्रन थालेपछि महेशले विनोदलाई सम्झाएर विनोदको भविष्य पनि राम्रोे हुन  सक्यो बिनोदले आफ्नो साथी महेशको गुन कहिल्यै बिर्सन सक्दैनथ्यो महेशले मलाई पढ्न हामीले कहिल्यै अल्छी मान्नु हुदैन नभनेको भए मेरो पढाइ सप्रने थिएन मैले सरकारी जागिर खान सक्दैनथे भन्दथ्यो विनोदको आमा बाबु पनि बिनोदले सरकारी अधिकृतमा नाम निकालेर जागिर खान सक्दा धेरै खुशी भएका  थिए  

Literature: 
Language: