नेपाली बालसाहित्यमा नयाँ किताब

rambabu-subedi-2021

यो आदरणीय लेखक रामबाबु सुवेदी लिखित बालगीतहरुको सचित्र संग्रह हो यस किताबमा हरेक गीतसँगै आकर्षक रंगिन चित्र स्वरलिपि समेत प्रकाशित गरिएको चित्रमा कृष्णगोपाल श्रेष्ठ संगीतमा डिल्लीप्रसाद चापागाईंले काम गर्नुभएको नेपाली अंग्रेजी दुवै भाषामा प्रकाशित यस कृतिको अनुवाद महेश पौड्यालले स्वरलिपि मनोहर सुनामले तयार गर्नुभएको हो

किताब चरो, नेपालद्वारा प्रकाशित यस कृतिमा समावेश गीतमा आदरणीय गायक रामेश श्रेष्ठको गहकिलो भूमिका रहेको संगीतकारहरु शीलाबहादुर मोक्तान, कुन्दन राई, प्रमोद उपाध्याय, सुनील बर्देवा, बी.बी. अनुरागी आशिष अविरलले संगीत संयोजन गर्नुभएको साथै रेकर्डिस्ट भोला पौडेलको सहयोग रहेको गायकगायिकाहरु कुन्ती मोक्तान, लोचन भट्टराई, आनन्द कार्की, उदय सोताङ, अन्जु पन्त, विमलराज क्षेत्री, बेनुका राई, माण्डवी त्रिपाठी, मिलन नेवार, बानिका प्रधान, देवी घर्ती मगर, भीमप्रसाद चापागाईं, रत्नशोभा महर्जन श्लेष्मा क्षेत्रीले सुमधुर स्वरमा कृतिमा समावेश गीतहरु गाउनुभएको यस कृतिमा समावेश सर्जकहरुको परिचय ख्यातिप्राप्त लेखक अमर न्यौपानेले तयार गर्नुभएको

रंगिन साजसज्जामा एफोर आकारमा १४४ पृष्ठ रहेको यस कृतिको मूल्य रु. ७५० रहेको यस कृति प्रकाशनमा बुढानीलकण्ठ नगरपालिकाले सहयोग गरेको किताब चरो, नेपालका महासचिव डा. श्यासुन्दर चौधरीले आफ्नो प्रकाशकीय मन्तव्यमा जानकारी गराउनुभएको   

 
Book: